नपाएको कि नखेलेको ?
अनु शाह अभिनीत डेढ दर्जन फिल्म रिलिज भए तर कुनैले कमाल मच्चाउन सकेनन् । डेब्यु फिल्म द युगदेखि युगसम्म, मिलाप, नागरिक, आई एम इन लभ, बाजीगर आदि आदि । नयाँ नायिकाको घुइँचो अनि लगातारको असफलता, यी दुई कारण हुन्, जसले उनको फिल्ममा चम्कने सपना पूरा हुन दिएन । अर्कोतिर उनको अभिनय कौशल रुचाउनेको पनि सधैँ खडेरी पर््यो ।

फलतः म्युजिक भिडियोमा सीमित हुन थालिन् । तीतो यथार्थ यही हो तर यसको स्वीकारोक्ति उनमा देखिन्न । बरु, म्युजिक भिडियोमा कम समयमा बढी कमाइ हुने भएकाले फिल्मबाट टाढिँदै गएको गफ हाँक्छिन् । सुरुमा फिल्मका लागि मरिहत्ते गर्ने अनि नपाएपछि यस्तो फुइँ लडाउने । क्या काइदा ! यो त फ्याउरोले अंगुर टिप्न नसकेपछि अमिलो छ भन्दै तर्किएको कथा जस्तो भएन र ?