कला
२९ पुस २०७५ आइतबार
काठमाडौं
भाइरल समीक्षाको भिडियो
भाइरल समीक्षाको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

चलचित्र नाइँ नभन्नु ल ५ को ‘बालापनको उमेर...’ गीत गाए पनि खासै नोटिस नभएकी बालगायिका समीक्षा अधिकारी पछि मात्र सामाजिक सन्जाल र युट्युबमार्फत भाइरल भइन् । उनै गायिकाको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतमा रोजगारीको सिलसिलामा विदेश बस्ने पिता र स्वदेशमा बस्ने सन्तानको कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।