कला
४ माघ २०७५ शुक्रबार
काठमाडौं
कालीको 'इन्स्टाको फोटो' ट्रेन्डिङमा
कालीप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’ अहिले युट्युबको ट्रेन्डिङमा छ ।

चर्चित गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले लामो समयपछि आफ्नै शब्द, संगीत तथा आवाज अर्को मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । उनको स्वरमा सजिएको गीत ‘इन्स्टाको फोटो’ भिडियोसहित अहिले युट्युबको ट्रेन्डिङमा एक नम्बरमा परेको छ । जी २१ डिजिटलले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजिनक भएको उक्त भिडियोलाई असीम शाहले निर्देशन गरेका हुन् । उक्त गीतमा अभिनेता आसिफ शाहको साथमा पछिल्लो समय ‘टिकटक’बाट निकै रुचाइएकी रेश्मा घिमिरेले अभिनय गरेकी छन् ।