कला
१३ माघ २०७५ आइतबार
काठमाडौं
चित्रमा भविष्यको चिन्ता
सहरीकरण, प्रदूषण, वन विनाशलगायतका वातावरणीय विषयलाई केन्द्रमा राख्दै नयाँ ढंगले सोच्न बाध्य भइन्छ प्रदर्शनी नियाल्दा ।

सहरी उकुसमुकुसमा मास्क अनिवार्यजस्तै छ । राजधानीको ठमेलस्थित दलाई ला आर्ट स्पेसमा प्रदर्शित आशा डंगोलका कलामा पनि अक्सिजन मास्क लगाएका पात्रहरु छन् । सहरीकरण, प्रदूषण, वन विनाशलगायतका वातावरणीय विषयलाई केन्द्रमा राख्दै नयाँ ढंगले सोच्न बाध्य भइन्छ प्रदर्शनी नियाल्दा । उनका परम्परागत पौभाकलामा कन्टेम्पोररी आर्ट्स मिसिएको छ । आशाले प्रदर्शनीलाई ‘न्यु बिगिनिङ’ नाम दिएकी छन् । प्रदर्शनी एक महिनासम्म चल्नेछ ।