कला
१४ माघ २०७५ सोमबार
काठमाडौं
नेपाली मोडलको बलिउड यात्रा
नेपाली मोडल सृष्टि खड्का र म्यानहन्ट– २०१६ का विजेता तनहुँका समिम खानले म्युजिक भिडियोमार्फत बलिउडमा डेब्यु गरेका छन् ।

नेपाली मोडल सृष्टि खड्का र म्यानहन्ट– २०१६ का विजेता तनहुँका समिम खानले म्युजिक भिडियोमार्फत बलिउडमा डेब्यु गरेका छन् । १७ जनवरीमा भारतको जी म्युजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक गीत कुछ तो हेको म्युजिक भिडियोमा उनीहरुको अभिनय समेटिएको छ । नेपालमै छायाँकन गरिएको गीतमा ज्योतिका ट्याङ्ग्री र यासिर देसाईको स्वर छ । बलिउडमा डेब्यु गरेका समिमले यसअघि तिम्रै नाउँमा यो जीवन बोलको आधुनिक गीतमा अभिनय गरिसकेका छन् भने सृष्टिले पनि थुप्रै नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
हेर्नुहोस् भिडियो :