कला
२५ वैशाख २०७६ बुधबार
काठमाडौं
केकीलाई राहत
केकी अधिकारीले कोहलपुर एक्सप्रेस बनाइन्, आफैँले खेलिन् । तर साख बढाउन सकिनन् ।

केकी अधिकारीले कोहलपुर एक्सप्रेस बनाइन्, आफैँले खेलिन् । तर साख बढाउन सकिनन् । कारण, यो हिन्दी फिल्म मुम्बई एक्सप्रेसबाट पूरापूर चोरिएको थियो । त्यसपछि अभिनयका लागि उनलाई उतिविघ्न अफर आएनन् । उनैले निर्माण गर्ने भनिएको दोस्रो फिल्मको पनि टुंगो छैन । त्यसैले कुनै समय हिरोइनको दौडमा अग्रपंक्तिमा रहेकी केकी फुर्सदमा बस्नुपर्यो । कतिपयले उनी किनारा लाग्ने लख काटे पनि तत्कालका लागि यो खड्को टरेको छ । कुशल अभिनयबाट ख्याति कमाएकी यी हिरोइन छ माया छपक्कैमा अनुबन्ध भएकी छन् । उनको ‘अपोजिट’ मा हुनेछन्, दीपकराज गिरी । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । केकीले यसअघि घामपानीमा पनि दीपेन्द्रसँग सहकार्य गरेकी थिइन् ।