कला
२ जेष्ठ २०७६ बिहीबार
काठमाडौं
आशालु वर्षा
वर्षा सिवाकोटी अभिनीत फिल्म आधा दर्जन नाघिसके । तर हिरोइनका रुपमा अझै स्थापित हुन सकेकी छैनन् ।

वर्षा सिवाकोटी अभिनीत फिल्म आधा दर्जन नाघिसके । तर हिरोइनका रुपमा अझै स्थापित हुन सकेकी छैनन् । नाईं नभन्नु ल २ र पशुपतिप्रसाद हिट भए । छोटो भूमिका भएकाले सफलताको जस पाइनन् । बाँकी फिल्मले न पैसा कमाए, न त अभिनयको प्रशंसा । पुरानो बुलेट उनी अभिनीत पछिल्लो फ्लप फिल्म हो । यद्यपि वर्षालाई फिल्मको खडेरी लागेको छैन । ३ जेठमा उनको नयाँ फिल्म वीरविक्रम २ प्रदर्शन हुँदै छ । निर्माण पक्षले प्रचारप्रसारको केन्द्रमा उनैलाई राखेको छ । सोलो हिरोइन हुनुको फाइदा यही हो । ट्रेलर र गीतबाट प्राप्त प्रतिक्रियाले वर्षा हौसिएकी छन् । यही उत्साह फिल्म रिलिजपछि पनि टिक्ला ? वीरविक्रम २ सँगै अर्को प्रतीक्षित फिल्म जात्रै–जात्रा प्रदर्शन हुँदै छ ।