कला
८ भाद्र २०७६ आइतबार
काठमाडौं
कलामान्डुमा सिंह स्मृति
नेपाली ललितकला क्षेत्रमा भएका प्रगति तथा कमजोरीमाथि कलम चलाउने कला समीक्षक नारायणबहादुर सिंहलाई कलानुरागीले सम्झे, १ भदौमा ।

प्रशंसाले मानिस बिग्रँदै जान्छ भने रचनात्मक समालोचनाले उत्कृष्टतातिर । नेपाली ललितकला क्षेत्रमा भएका प्रगति तथा कमजोरीमाथि कलम चलाउने कला समीक्षक नारायणबहादुर सिंहलाई कलानुरागीले सम्झे, १ भदौमा ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) को कार्यक्रममा कलाकार लक्ष्मण भुजेलले सिंहले आमसञ्चारको माध्यमबाट ललितकलालाई जनमानसमा चिनाउन उल्लेख्य काम गरेको बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले सिंहका लेख–रचना संकलन तथा कृतिको पुनर्प्रकाशन गर्नुपर्ने धारणा राखे । कला समीक्षक मुकेश मल्लले सिंहका कलालेख तथा समीक्षालाई सही ढंगले अगाडि बढाउनु नै उनीप्रतिको सच्चा सम्मान हुने बताए ।