जहाँ दिमाग स्वतन्त्र छ
फिल्म साउथ एसिया हरेक दुई वर्षको अन्तरालमा हुन्छ । १२ औँ संस्करणको थिम भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको शीर्षकको कविताबाट महोत्सवको थिम लिइएको थियो ।

भनिन्छ, मानव केवल आफ्नो मस्तिष्कमा स्वतन्त्र हुन्छ । स्वतन्त्र मस्तिष्कमा सिर्जनाको स्तर कति माथि
होला ? वृत्तचित्र महोत्सव फिल्म साउथ एसियाको यसपटकको थिम हो, ‘ह्वेर द माइन्ड इज फ्री ।’ अर्थात् जहाँ दिमाग स्वतन्त्र छ । स्वतन्त्र दिमागले के–कस्ता सिर्जना गरेका होलान् ?
फिल्म साउथ एसिया हरेक दुई वर्षको अन्तरालमा हुन्छ । १२ औँ संस्करणको थिम भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको शीर्षकको कविताबाट महोत्सवको थिम लिइएको थियो । २८ कात्तिकमा सुरु भएको महोत्सवमा नेपथ्यका लिड सिंगर अमृत गुरुङले उद्घाटन गरे । उद्घाटनमा उनले भने, “जब सत्तामा कला, जात, धर्म, कर्मको सीमितता वा बन्देजको गन्ध आउन थाल्छ, त्यो अधिनायकवादउन्मुख हुन्छ । आजको संसारमा यो गन्ध आइरहेको छ। हाम्रो बोली त बन्द गराइएला तर चरालाई चुप लगाउने दुस्साहस कसले गर्न सक्छ?”
उद्घाटनलगत्तै पाकिस्तानको वृत्तचित्र इन्दुज ब्लुज देखाइएको थियो । मानव सभ्यताको उद्गमस्थल इन्दुजमा कसरी लोकबाजा र गीत पलायन भयो भन्ने कथा चित्रित छ । महोत्सवमा १८
वटा फरक विषयमा चाखलाग्दा वृत्तचित्र देखाइए ।