कला
१६ मंसिर २०७६ सोमबार
काठमाडौं
वर्षालाई सुक्खा
डेब्यु फिल्म नाइँ नभन्नु ल २ मा वर्षा शिवाकोटीको छोटो भूमिका थियो । त्यसपछि उनलाई फिल्मको कमी भएन ।

डेब्यु फिल्म नाइँ नभन्नु ल २ मा वर्षा शिवाकोटीको छोटो भूमिका थियो । त्यसपछि उनलाई फिल्मको कमी भएन । गाजाबाजा, पशुपतिप्रसाद, कारखाना, लप्पनछप्पनजस्ता फिल्म रिलिज भए । पशुपतिप्रसाद हिट भयो तर जस खगेन्द्र लामिछानेले पाए । बाँकी दुई फिल्म फ्लप भए । फिल्ममा खास डिमान्ड नभए पनि म्युजिक भिडियोबाट चर्चा बटुलिरहेकी थिइन् । हिरोइन पनि भएकाले पारिश्रमिक आकर्षक थियो ।
धन्न ! फिल्म पाइरहिन् तर फ्लपको शृंखला भने रोकिएन । उनका पछिल्ला तीन फिल्म पुरानो बुलेट, जय शम्भु र वीरविक्रम २ लगातार असफल भए, न त उनको अभिनयले नै प्रशंसा पायो । यही कारण हुनुपर्छ, हिजोआज निर्माता–निर्देशक तर्कन थालेका छन् । कतिसम्म भने लप्पनछप्पनको सिक्वेलमा समेत अटाइनन् ।