कला
९ पुस २०७६ बुधबार
काठमाडौं
तारागाउँ म्युजियममा बोल्ने चित्र
तारागाउँ म्युजियममा त्यस्तै बोल्ने तस्बिरको मेला लाग्दै छ । डाँफे आर्टस्को आयोजनामा २४ पुसदेखि ८ माघसम्म ‘अ पोट्रेट स्टोरी’ शीर्षकमा दुई साता लामो प्रर्दशनी चल्ने छ ।

तस्बिर आफैँ बोल्छ तर चित्रकारले आफ्नो चित्रमा उतार्न खोजेको कुरा बोल्ने तस्बिर भने निकै कम बन्छन् । जुन तस्बिरले दर्शकलाई एकै पटकमा धेरै कुरा बुझाउन सक्छ, ती तस्बिरलाई विशेष महत्त्वका साथ स्थान दिने गरिन्छ । तारागाउँ म्युजियममा त्यस्तै बोल्ने तस्बिरको मेला लाग्दै छ । डाँफे आर्टस्को आयोजनामा २४ पुसदेखि ८ माघसम्म ‘अ पोट्रेट स्टोरी’ शीर्षकमा दुई साता लामो प्रर्दशनी चल्ने छ । प्रर्दशनीमा नेपाली कलाकारका तर्फबाट विधाता केसी, चिराग बाङ्देल, मनीषलाल श्रेष्ठ, नीलेश शाक्यलगायतले आफ्ना चित्र प्रदर्शन गर्दै छन् ।