प्रेमको प्रतीक रानीमहल
रानी तेजकुमारीको मायामा भावविह्वल भएर राजा खड्गशमशेरले यो दरबार निर्माण गरेका हुन् । त्यसैले युवायुवती आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न रानीमहल पुग्ने गरेका छन् ।

साँचो प्रेम जीवन्त रहन्छ । यसको उदाहरण हो, पाल्पाको रानीमहल । रानी तेजकुमारीको मायामा भावविह्वल भएर राजा खड्गशमशेरले यो दरबार निर्माण गरेका हुन् । त्यसैले युवायुवती आफ्नो साँचो प्रेमभाव व्यक्त गर्न रानीमहल पुग्ने गरेका छन् ।
पाल्पाको तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारमा रानीमहल दरबार छ । नेपालको ताजमहलको रुपमा बेलायती शैलीमा निर्मित रानीमहल प्रसिद्ध छ । रानीमहलको प्रमुख आकर्षण नै दरबारभित्रको पोखरी र वरपरको बगैँचा हो ।
भ्यालेन्टाइन डेमा रानीमहल घुम्ने पर्यटक हजारौँको संख्यामा हुन्छन् । तानसेन नगरपालिकाको पहलमा रानीमहलको व्यवस्थापनका लागि टिकट व्यवस्था गरिएको छ । २० रुपैयाँको टिकट काटेर रानीमहल घुम्न सकिन्छ ।