नेपालमा कविर सिंह
दक्षिण भारतमा अर्जुन रेड्डीको नाममा बनेको फिल्म बलिउडमा कविर सिंहको नाममा रिमेक गरिएको थियो । तेलगु भाषामा बनेको फिल्मले दक्षिण भारतमा पनि तहल्का मच्चाएको थियो ।

भारतीय चलचित्र कविर सिंह खुब चल्यो । चलचित्रले भारतमा ३ सय ३१ करोडभन्दा बढी कमायो । नेपालमा मात्रै सो फिल्मले १५ करोड कमायो । चलचित्रमा हिरोको रिसाहा प्रवृत्ति र उसले हिरोइनलाई थप्पड हानेको दृश्य सहज देखाइएको छ । चलचित्रका कारण शान्त स्वभावका साहिद कपुरसमेत विवादमा परेका थिए । महिला अधिकारकर्मीले यस्ता चलचित्र हिट हुनु भनेको भारतीय समाजको माइन्ट सेट प्रस्ट पारेको टिप्पणी गरेका थिए ।
कतिसम्म भने कविर सिंह हेरेपछि एकोहोरो प्रेम गर्ने टिकटक भिलेनका रुपमा चर्चित अश्विनी कश्यप नामका युवकले एयर होस्टेजलाई मारेको भारतीय प्रहरीले जनाएको छ । पुरुष हिंसालाई प्रेमको नामकरण दिई महिमा गाएको चलचित्र अब नेपालमा पनि बन्ने भएको छ ।
दक्षिण भारतमा अर्जुन रेड्डीको नाममा बनेको फिल्म बलिउडमा कविर सिंहको नाममा रिमेक गरिएको थियो । तेलगु भाषामा बनेको फिल्मले दक्षिण भारतमा पनि तहल्का मच्चाएको थियो । नेपालको युवा फिल्मसले यो चलचित्र बनाउने प्रतिलिपि अधिकार पाएको छ । युवा फिल्मसले यसअघि अमेरिकामा बस्ने ३ युवाको जीवनमा आधारित सफर बनाएको थियो । महिला हिंसा बढिरहेकामा अर्जुन रेड्डीजस्ता चलचित्र रिमेक गरी बनाउनु सही होला त ?