कमाल कमेडी
समसामयिकदेखि सामाजिक, सांस्कृतिक, आर्थिक, ठगी र मायाप्रेमका विषयमा हाँसो र व्यंग्य प्रस्तुत गर्दै आएको कार्यक्रमलाई नायिका केकी अधिकारी र प्रस्तोता रिमा विश्वकर्माले निर्माण गरेका हुन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित नेपालको पहिलो हास्य कार्यक्रम हो, कमेडी च्याम्पियन । नेपाल आइडल, भ्वाइस अफ नेपाल र हिमालय रोडिजपछि कमेडी च्याम्पियन दर्शकको रोजाइमा परेको छ । कार्यक्रम यति चर्चित भएको छ कि यसका थुप्रै एपिसोड युट्युबमा ट्रेन्डिङमा परेका छन् । समसामयिकदेखि सामाजिक, सांस्कृतिक, आर्थिक, ठगी र मायाप्रेमका विषयमा हाँसो र व्यंग्य प्रस्तुत गर्दै आएको कार्यक्रमलाई नायिका केकी अधिकारी र प्रस्तोता रिमा विश्वकर्माले निर्माण गरेका हुन् ।
विशाल भट्टराईले निर्देशन गरेको कार्यक्रममा अग्रज कलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र जात्रा चलचित्रका निर्देशक प्रदीप भट्टराई नवस्ट्यान्डअप कमेडियनलाई जज गर्दै छन् । दुई तिहाइको सरकारले जनतालाई महँगी, भ्रष्टाचार, स्वतन्त्रता नियन्त्रण र विकृति मात्र दिए पनि कमेडी च्याम्पियनले भने हाँसो दिएको छ । एकछिन भए पनि दु:ख भुलाइदिएको छ ।