‘देशको कथा लिएर ओस्कार जान चाहन्छु’
अभिनेत्री सुरक्षा पन्तलाई ७ प्रश्न
चमकधमकभन्दा परको चरित्र रुचाउँछिन्, अभिनेत्री सुरक्षा पन्त । उनी अभिनीत पछिल्लो फिल्म आमामा पन्त नि:सन्तान आमाको भूमिकामा छिन् ।
फिल्मकै लागि कपाल खौरिने कुराले असहज भएन ?
सबै कलाकारको सल्लाहमा एक दर्जनचोटि स्क्रिप्ट परिमार्जन गर्यौँ । मैले गर्ने चरित्रका लागि कपाल खौरनैपथ्र्यो । खौरिएँ । खौरिँदाको घटना सम्झँदा अचम्म लाग्छ । मुडुलो सिनको सुटिङ सिन्धुलीमा थियो । त्यहाँ पुगेपछि ब्लेडले मेरो कपाल नै काटेन । त्यही बेला एक जना बूढा मानिस आइपुगे र म काटिदिन्छु भने । उनले त्यही पत्तीले स्वारस्वार काटिदिँदा सबै अचम्मित भयौँ ।
तपाईं ग्ल्यामरभन्दा क्यारेक्टर बेस्ड फिल्म किन छान्नुहुन्छ ?
नाच्ने–गाउने, ग्ल्यामर पनि ‘क्यारेक्टर’ नै हो । भोलि यस्तो भूमिका आए क्यारेक्टरमै ढालेर अभिनय गर्छु । हरेक सिनेमामा ‘क्यारेक्टर’ हुन्छ ।
क्यारेक्टरमा ढाल्ने भन्नाले ?
अभिनय गर्नेले त्यसलाई कसरी क्यारेक्टरमा बदल्छ भन्ने महत्त्वपूर्ण हो । अभिनय गर्दा क्यारेक्टरको मनोवैज्ञानिक पक्ष देखिन सक्नुपर्छ । स्क्रिप्ट फितलो भयो भने क्यारेक्टरमा ढाल्न मुस्किल पर्छ । व्यक्तिको प्रसिद्धिलाई मात्र ‘क्यास’ गर्न स्क्रिप्ट लेख्दा क्यारेक्टर कमजोर हुन्छ ।
नेपाली फिल्मको समस्या स्क्रिप्टमै हो ?
पहिले स्क्रिप्टका आधारमा क्यारेक्टर कस्तो हुने भन्ने छुट्टिन्छ । फिल्मलाई आर्ट र कमर्सियल भनेर छुट्याउनु नै गलत हो । हरेक फिल्ममा क्यारेक्टर हुन्छ भन्ने सोचेरै स्क्रिप्ट तयार हुनुपर्यो ।
फिल्म क्षेत्रका विसंगतिबारे बोल्दा फिल्म नपाउने डर हुँदैन ?
धेरै बोल्यो भने गाह्रो त हुन्छ । म फिल्म क्षेत्रमा आउनुको उद्देश्यलाई न्याय गर्न पनि मैले बोल्नैपर्छ । सौभाग्यवश मैले अहिलेसम्म बोलीकै कारण खाली हात बस्नु परेको छैन ।
फिल्म क्षेत्रमा आउनुको कारण ?
फिल्मको काम कथा भन्ने हो । नेपाली फिल्मले अहिले कथा भन्दैन र समस्या भइरहेको छ । नेपाली फिल्मले कलात्मक हिसाबले प्रगति गरोस् भन्ने चाहना छ । हाम्रो मौलिक कथा हाम्रै फिल्मले भन्ने हो । म आफ्नो देशको कथा लिएर ओस्कारमा जान चाहन्छु ।
जसरी फिल्म निर्माण भइरहेका छन्, त्यसले तपाईंको इच्छालाई ओस्कारसम्म डोर्याउला ?
विषयवस्तु, लगानी, प्रवर्द्धन, अभिनय सबै हिसाबले गाह्रो छ । कस्ता सिनेमा बनिरहेका छन् र बन्नुपर्ने हो भन्नेमा राज्यलाई मतलब छैन । फिल्म क्षेत्रमै पनि धेरै विकृति भएकाले त्यो चाहना पूरा हुन सजिलो छैन । हामी एकअर्कालाई ‘पुस’ गर्नुपर्नेमा ‘पुल’ गरिरहेका छौँ । सबैमा पैसा कमाउने होडबाजी छ । कन्टेन्ट बलियो नभएकाले फिल्म कमजोर बनिरहेका छन् ।
प्रस्तुतिः मनबहादुर बस्नेत
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...