कला
२६ फाल्गुन २०७६ सोमबार
काठमाडौं
थारु लोककलाको वैभव
समाजलाई समृद्ध बनाउन र मौलिक पहिचान बचाउने लोककलाको महत्त्व

चितवनको भरतपुर थारु लोककलाको आधारभूमि हो । लोककला अर्थात् रैथाने कला । यसै लोककलालाई प्रवर्द्धन र संरक्षण गर्न भरतपुरमा तीन दिने लोक कला प्रशिक्षण भएको छ ।
चितवनमा आदिवासी थारु समुदायले बनाउने लोककला निकै समृद्ध र वैभवशाली छ । जंगल, जनावर र थारु आदिवासीको भूमि चितवनको लोककलाले देशको पहिचानलाई चिनाउन सकेको छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागको आयोजनामा भएको प्रशिक्षणमा प्राज्ञ मिथिलादेवी यादव र लालकाजी लामाले समाजलाई समृद्ध बनाउन र मौलिक पहिचान बचाउनसमेत लोककलाको विशिष्ट महत्त्व रहेको बताए । कार्यक्रममा कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीले ‘थारु लोककला : संरक्षणको खाँचो’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।