विश्व सुन्दरीको नेपाल यात्रा
मिस नेपाल अनुष्का श्रेष्ठको कामलाई सराहना र प्रवर्द्धन गर्न गत साता विश्व सुन्दरी टोनी आन सिङ ३ दिने नेपाल भ्रमणमा आइन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले सन् २०१९ को विश्व सुन्दरी प्रतियोगितामा ब्युटी विथ पर्पस् अवार्ड पाइन् । उनको कामलाई सराहना र प्रवर्द्धन गर्न गत साता विश्व सुन्दरी टोनी आन सिङ ३ दिने नेपाल भ्रमणमा आइन् । भ्रमणमा विश्व सुन्दरी प्रतियोगिता आयोजक जुलिया मोर्ले र विश्व सुन्दरी प्रतियोगिता निर्देशक स्टिभ डगलस पनि थिए ।
सिङले श्रेष्ठ को हेलम्बुस्थित प्रोजेक्टलाई अवलोकन गरेकी थिइन् । सुन्दरीको स्वागतमा पूरै गाउँ नै ओर्लिएर आएको देखिन्थ्यो । मिस नेपाल आयोजक हिडेन ट्रेजरले नेपालमा पनि विश्व सुन्दरी प्रतियोगिता गर्न सकिन्छ कि भनेर कुराकानी गरेको थियो । केही वर्षदेखि नेपालीले विश्व सुन्दरी प्रतियोगितामा ब्युटी विथ पर्पस् र ट्यालेन्ट राउन्ड जित्न थालेका छन् । सन् २०२० को विश्व सुन्दरी प्रतियोगिता कतै नेपालमै भए, अझ नेपालीले नै जिते भने ?