लक्ष्मणप्रसाद रिमाल

लक्ष्मणप्रसाद रिमालका लेखहरु
ललिता निवासको राष्ट्रिय झन्डा

०१५ सालमा सुवर्णशमशेरको सरकारका पालादेखि फरफराएको त्यो झन्डा मुलुक पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र र गणतन्त्रमा प्रवेश गर्दाको साक्षीका रूपमा त्यहाँ अझै निरन्तर छ ।

चन्द्रशमशेरलाई चक्मा

चन्द्रशमशेरले सिंहदरबारको बरन्डामा निस्किएर भनेका थिए, ‘ए डिठ्ठा, तैँले त मेरो आँखामा पनि छारो हालिस् है ! अब तँलाई म त्यत्तिकै कहाँ छाड्छु र ? कारबाहीको भागिदार बन्न तयार भएर बस् ।’

स्मरण » चाकडीमा निर्भर शासन

यसरी हेर्दा राणा प्रशासन ज्यादै सूक्ष्म र डरलाग्दो थियो । कोही यताउति हल्लिन पाउँदैनथ्यो । ‘सेक्युरिटी’ र ‘सीआईडी’ भरमार हुन्थे । सेनाको आठ पहरिया नै एक किसिमले सीआईडीको भूमिकामा क्रियाशील थियो ।

राणाजीको त्यो रजगज, त्यो अवसान

श्रीसम्पत्ति बिस्तारै सकिँदै गएपछि मोहनशमशेरका आर्थिक अभावका दिन सुरु भएका थिए । उनी लामो समय रोगले थलिए । स्याहारसुसार र हेरचाह गर्ने छोराछोरी र श्रीमती कोही नभएपछि उनमा पीडाको झलक देखिन थालेको थियो । कुनै समय मुलुकको शासनसत्ता र आर्थिक दृष्टिले पनि राज्यसम्पत्तिमा रजगज गरेका मोहनशमशेरको अवसान भने ज्यादै दु:खद रह्यो ।

स्मरण : मनमौजी मोहनशमशेर

मोहनशमशेर बाथरुम बस्दा प्रशस्त समय खर्च गर्थे । बाथरुमबाट निस्केपछि सके एक हजारपटक, नभए एक सय आठपटक त कुल्ला नै गर्थे । त्यो पनि टुटी नै मुखमा लगाएर ।

नाबालक ज्ञानेन्द्रको त्यो श्रीपेच

तत्कालीन शाहज्यादा ज्ञानेन्द्र सानै उमेरदेखि बोलक्कड र चलाख थिए । टाउको हल्लाउने र आफूलाई गम्भीर भावमा देखाउने गर्थे । उनको त्यस्तो व्यवहार मोहनशमशेरले सिंहदरबारमा भित्र्याएदेखि नै देखिएको हो ।

जब मोहनशमशेरको होस उड्यो

बैठकेले उनका गोडा धोएर गम्छाले खुट्टा मुसारिरहेका बेला आपत्कालीन अवस्थामा प्रयोग गरिने गोप्य बाटो हुँदै उनका छोरा विजयशमशेर हुर्रिंदै त्यहाँ आइपुगे । वातावरणमा सन्नाटा छायो । म पनि अलि पछाडि सरेँ ।

पद्मशमशेरको राजीनामा प्रकरण

पद्मशमशेरका लागि पनि त्यति बेलाको उपयुक्त बाटो सायद त्यही सम्झौता थियो । किनभने, भ्रमणमा रहेकै बेला सत्ताच्यूत भएको खबर सुनेर हारेको जुवाडेजस्तो भएर फर्किन चाहँदैनथे उनी ।

LOAD MORE