स्मरण » चाकडीमा निर्भर शासन
यसरी हेर्दा राणा प्रशासन ज्यादै सूक्ष्म र डरलाग्दो थियो । कोही यताउति हल्लिन पाउँदैनथ्यो । ‘सेक्युरिटी’ र ‘सीआईडी’ भरमार हुन्थे । सेनाको आठ पहरिया नै एक किसिमले सीआईडीको भूमिकामा क्रियाशील थियो ।

राणाकालीन प्रशासनिक व्यवस् थामा महत्त्वपूर्ण जागिर सीधै श्री ३ महाराजबाट सदर हुन्थ्यो र किताबखानामा दर्ता हुन्थ्यो । तर पनि, नियम भने पुर्याउनु पथ्र्यो । मुलुकी ऐन र त्यसमा नसमेटिएका विषयका लागि मुलुकी सवाल भन्ने कानुन थियो । त्यसैले कार्य सम्पादन गर्दा ‘ऐन सवालबमोजिम गर्नू’ भन्ने वाक्यांश चल्तीमा थियो । ४ पासे र ८ पासे छ भने उसले स् वत: जागिर पाउँथ्यो । आईए र बीए पास छ भने महाराजबाट जँचेमा मात्र जागिर पाउने व्यवस् था थियो । चाकरीको बोलवाला थियो । दरबारिया अनुचरहरू बिहान–बेलुकी, कुनै एक समय अथवा आक्कलझुक्कल मात्र चाकरी गर्न आएको वा नआएको भनेर रेकर्ड राख्थे । जागिरका लागि यो पनि एउटा योग्यता मानिन्थ्यो ।
नियुक्ति, सरुवा, बढुवाको रेकर्ड राख्ने काम कमान्डरी किताबखानाबाट हुन्थ्यो । उसैले पहिले कमान्डर इन चिफकहाँ लगेर दर्शन गराउने र त्यहाँबाट सदर भएपछि श्री ३ कहाँ लगेर दुईछापे सनद जारी गथ्र्यो । लालमोहर भन्नाले ‘श्री ५ को छाप’ भन्ने बुझिन्थ्यो, जुन यस्ता झीनामसिना र दैनिक वा वार्षिक कार्य सम्पादनजस् ता विषयमा प्रयोग गरिँदैनथ्यो । महत्त्वपूर्ण कार्यका लागि मात्र लालमोहर लाग्ने चलन थियो ।
श्री ३ को इच्छामा निर्भर हुने बढुवा वार्षिक पजनीमा हुन्थ्यो । हरेक असार मसान्तमा सम्बन्धित कार्यालयले आफ्नो रिपोर्ट तयार गर्थे । निजामती तथा अदालत दुवैको पजनी एकै समयमा हुन्थ्यो र एकै प्रक्रिया अपनाएर गरिन्थ्यो । सरुवा, बढुवा, घटुवा वा खोसुवा यसै बेला हुन्थ्यो । न्याय सेवातिर हो भने कति मुद्दा परे, कति छिनियो, कति उल्टी भयो र दण्ड–जरिवाना कति उठ्यो, बाँकी कति छन् भन्ने आधारमा अड्डा अदालतको पजनीको कागज तयार हुन्थ्यो । पहिला यो सबै गोस् वाराले हेरेर अपिल अदालतमा पठाउँथ्यो र त्यहाँबाट चिफ साहेब हुँदै महाराजकहाँ जाहेर गरेर पजनी गरिन्थ्यो । सुरु अदालतले गरेको मुद्दाको फैसला माथिल्ला अदालतबाट धेरैजसो उल्टिएका छन् भने उसको जागिर जाने पक्का जस्तै हुन्थ्यो । यदि माथिल्ला अदालतबाट सदर भएका छन् भने उसको प्रगतिको बाटो त्यहीँबाट फुक्थ्यो । माल–अड्डामा माल उठाउन सकेका आधारमा पनि पजनी हुन्थ्यो । तर, धेरैजसो कार्यालयका हाकिम राणा परिवारका वा उनैका विश्वासपात्र हुने भएकाले पजनीमा पनि उनीहरूकै सिफारिसको बोलवाला हुन्थ्यो ।
मोफसलका मुख्य मुख्य स्थानमा टेलिफोन र आकाशवाणिको व्यवस्था थियो । तुरुन्तातुरुन्तै खबर आदानप्रदान हुने भएकाले मोफसलमा पनि बदमासी गर्ने धृष्टता कमै गर्थे । फेरि बेलाबेला दौडाहा टोली खटिन्थ्यो । काठमाडौँमा एक किसिमको नियुक्ति व्यवस्था थियो भने मोफसलमा अर्कै । जिल्लाका हाकिम र तहरीरसम्मका पदमा महाराज र कमान्डर इन चिफको सनदबाट नियुक्ति हुन्थ्यो । बाँकी नियुक्ति आदेशले जिल्लामै हुन्थ्यो ।
यसरी हेर्दा राणा प्रशासन ज्यादै सूक्ष्म र डरलाग्दो थियो । कोही यताउति हल्लिन पाउँदैनथ्यो । ‘सेक्युरिटी’ र ‘सीआईडी’ भरमार हुन्थे । सेनाको आठ पहरिया नै एक किसिमले सीआईडीको भूमिकामा क्रियाशील थियो । एकपटक त म आफैँ पनि सीआईडीको फेला परेको छु । मेरा काकाका छोरा विजयप्रसाद रिमाल कांग्रेसजस् तो भएको भनेर दरबारमा पोल लगाइएछ । वास् तवमा ऊ कम्युनिस् ट थियो तर दरबारमा ‘कांग्रेसजस् तो देखिन्छ’ भनेर पोल लगाइएको रहेछ । कपाल तलास् ने, चस् मा लगाउने र भाषण गर्न जान्ने भयो भने कांग्रेस हुनुको प्रमाण पूरा हुन्थ्यो । त्यसबेला कांग्रेस हुन त्यसभन्दा धेरै केही गर्नै पर्दैनथ्यो ।
मोहनशमशेरले मलाई आफ्नो बैठक कक्षमा बोलाएर ‘तिम्रो भाइ त कांग्रेसजस् तो छ रे नि †’ भनी सोधे र थपे, ‘तिम्रा बालाई आफ्ना छोरा नियन्त्रणमा राखेका त छन् भनेर महाराजबाट सोधनी भएको छ भन ।’ काकाको निधनपछि विजयको अभिभावकत्व पनि मेरै बुबाले निर्वाह गरिरहनुभएकाले बुबाले महाराजको पत्रको जवाफ यसरी दिनुभएको थियो, ‘महाराज, सबै छोरा मेरो नियन्त्रणमै छन् ।’
प्रस्तुति : ईश्वरी ज्ञवाली