अफ्रिकाका नेपालीमा कोरोना प्रभाव
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
अफ्रिकाका ५४ मुलुकमध्ये ५२ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।
डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएर विश्वभरि नै तीव रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार सातै महादेशबाट झन्डै १ लाख ४० हजार हाराहारीमा ज्यान लिइसकेको छ भने झन्डै २० लाख ७० हजार संक्रमित छन् ।
एकातर्फबाट हेर्ने हो भने संक्रमितमध्ये ५ लाख ११ हजारको करिब–करिब ठीक भएको सुखद पक्ष छ भने अर्कोतर्फ ठीक भइसकेको व्यक्तिहरूमा दोहोरिएर संक्रमण देखिएको दुखद खबर पनि छ ।
अर्कोतर्फ अन्य महादेशमध्ये अन्टार्टिकापछिको कम संक्रमित देखिनु अफ्रिकाका लागि सुखद पक्ष हो भनिहाल्ने स्थिति पनि छैन । किनभने विश्वभरिमा तेस्रो विश्वका हिसाबले हेरिने अफ्रिकी मुलुकहरू सुविधा र सम्पन्नताका हिसाबले अत्यन्तै पछाडि छन् । अफ्रिकाका ५४ मुलुकमध्ये ५२ मुलुकमा कोरोनाको संक्रमण देखिसकेको अवस्थामा दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरियालगायत देशहरूमा तीव्र गतिमा संक्रमितहरू बढ्दो छ । त्यस्तै अन्य मुलुकमा पनि संक्रमित हुनेहरूको संख्या कम भएको देखिँदैन । दिनानुदिन वृद्धि हुँदै गइरहेको छ ।
हाल मानव जगत र विश्व अर्थतन्त्रलाई नै सिथिल बनाइसकेको कोरोना महामारीले विश्वका धेरै राष्ट्रहरू लकडाउनमा छन् भने अफ्रिकाजस्तो पिछडिएको महादेशभित्रका गरिब मुलुकहरूमा दैनिक कमाएर मात्रै बेलुकी चुल्हो बल्ने घरहरूमा कोरोनाभन्दा भोकले भोलिका दिनमा धेरैको ज्यान जाने सक्ने चिन्ता बढ्दो छ । यस्तो नाजुक अवस्थाबाट गुज्रिरहेको अफ्रिका महादेशमा नेपालीको उपस्थिति झन्डै १० हजार हाराहारीमा छ ।
यो पनि पढ्नुस
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
विश्वको अर्थतन्त्रलाई हेर्दा रेमिट्यान्सले नेपालकै अर्थतन्त्रमा ठूलो योगदान पुर्याएर नेपालको अर्थ व्यवस्थालाई धानेको अवस्थामा लाखौँ नेपालीले वैदेशिक रोजगार गुमाइसकेकाले नेपालकै अर्थतन्त्रमा ठूलो क्षति हुने निश्चित छ नै, ती बेरोजगार युवाहरूलाई स्वदेश फर्काउनु र ठूलो संख्यामा हुने बेरोजगार युवाको व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती पनि छ । अफ्रिकाबाट पनि अनुमानित ५ सय जनाले रोजगारी गुमाइसकेका छन् भने लकडाउन लम्बिँदै गयो भने यसको संख्यामा भारी वृद्धि हुने निश्चित छ ।
अन्य महादेशको तुलनामा अफ्रिकामा न्यून नेपालीहरूको उपस्थिति न्यून नै छ । अफ्रिकाका लागि नेपाली कूटनीतिक नियोग दुइटा मात्रै हुनुले नेपाल सरकारको अफ्रिकाप्रति ध्यान कम गएको देखिन्छ । सरकारी निकायसँग समन्वय र सहकार्य गर्न यहाँ अर्को ठूलो चुनौतीपूर्ण कार्य रहेको छ ।
हालसम्म अफ्रिकी मुलुकमा नेपालीहरूको एक मात्र छाता संस्था ‘गैरआवासीय नेपाली संघ’ को १६ शाखाहरू छन् र नेपालीहरू करिब ४० देशमा फैलिएका छन् । यो महामारीको जटिल र प्रतिकूल अवस्थामा अफ्रिका क्षेत्रका यही संस्थाका शाखाहरू नै सरकारी निकाय र पीडितहरूबीच समन्वय र सहकार्य गरी पुलको काम गरिरहेका छन् । यस क्षेत्रका नेपालीहरूको डाटा संकलन गर्नेदेखि अफ्रिकामा केही गरी आपतकालीन स्थिति आइपरेमा राहत र उद्दारमा सार्थक भूमिका खेल्न सकिने विश्वास र उद्देश्यका साथ एनआरएनए (अफ्रिका आपतकालीन राहत कोष) वृद्धि तथा संकलन अभियान चलाएको छ, जसमा हालसम्म १० हजार अमेरिकी डलरभन्दा माथिको प्रतिबद्धता जाहेर भएको छ । र, यो राशि बढ्दै छ । अहिलेसम्म खाद्यान्न अभाव, औषधी खर्च र अन्य प्रारम्भिक सहयोग कसैलाई आवश्यक नपरे पनि भोलिका दिनमा यो कोषले आपत–विपद बढ्दै जाँदा राज्य र अन्य निकायले नहेर्दासम्म यहाँका पीडित नेपालीहरूलाई सुरुआती सहयोग गर्न सकिने विश्वास लिइएको छ ।
यी पंक्ति लेख्दासम्म अफ्रिका महादेशभरि नै कोरोनाको संक्रमणमा कुनै नेपाली परेका छैनन् । भोलि पनि नपरून्, हाम्रो कामना छ । साथै विश्वले यो भयावह महामारीबाट छिट्टै उन्मुक्ति पाओस् । नयाँ वर्ष २०७७ को शुभकामना !
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...