कोरोना संकटले रोजगारी गुम्ने त्रासमा विदेशिएका नेपाली
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
पर्यटन, होटल व्यवसायमा कार्यरत कयौँ नेपालीले रोजगारी गुमाइसकेका छन् भने कतिपय नेपाल फिर्तीको प्रयासमा छन् । कोरोना संकटका कारण धेरै नेपालीको रोजगारी र व्यापारमा प्रभाव पर्ने निश्चित छ ।
मार्च पहिलो साता आक्कलझुक्कलझैँ केही उत्तरी अफ्रिकी देशहरूमा देखा परेको कोरोना भाइरस तेस्रो सातादेखि महादेशको सबैतिर पसिसकेको छ । कुल ५४ राष्ट्र रहेको अफ्रिकामा यी पंक्ति लेख्दासम्म ४८ देशमा यसको प्रवेश भइसकेको छ ।
करिब एक अर्ब पुग्न लागेको अफ्रिकी जनसंख्यामा कोरोना रफ्तार मार्च अन्तिम साता झनै बढेको छ र संक्रमितको संख्या ५ हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या १ सय पुगेको छ । अहिले सबैभन्दा बढी संक्रमण दक्षिण अफ्रिका र उत्तरी अफ्रिकाका इजिप्ट, अल्जेरिया, मोरक्को र ट्युनिसियामा देखिएको छ । त्यसैगरी पश्चिमी अफ्रिकाका बुर्कानो फासो, आइभोरी कोस्ट, घाना र नाइजेरियामा बढ्दो क्रममा रहेको छ । सापेक्षिक रूपमा दक्षिण पश्चिम, मध्य र पूर्वी अफ्रिकामा भर्खर प्रवेश गरे पनि कोरोनाको प्रभाव ज्यामितीय रूपमा बढेको छ ।
अहिलेसम्म सियरालियोन, लेसेथो, साओ टोमे एन्ड प्रिन्सेव, मलावी, कोमरोस, बोत्स्वाना, बुरुन्डी र साउथ सुडानलगायत ८ राष्ट्रमा भने यो देखिइसकेको छैन । मूलत: गरिबीले आक्रान्त धेरै अफ्रिकन मुलुकहरूमा स्वास्थ्य सुविधा, चिकित्सक र स्रोत–साधनको उपलब्ध स्थिति अत्यन्त कमजोर छ । कतिपय मुलुक गरिबीको चपेटामा र द्वन्द्वको पीडामै छन् ।
साधन–स्रोत भएका मुलुक पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनले ग्रस्त छन् । यो डढेलो समयमै नरोकिए अफ्रिकाको स्थिति इटालीभन्दा अझै नाजुक हुने जानकारहरू बताउँछन् ।
यो पनि पढ्नुस
विदेशमा डराइडराइ काममा गइरहेका नेपाली कोरोना भाइरस संक्रमणले निम्त्याएको संकटका कारण रोजगारी नै गुम्ने हो कि भन्ने त्रासमा छन् ।
दक्षिण अफ्रिकालगायत केही मुलुक पूर्ण सट डाउनमा गइसकेका छन् भने अन्यले पनि हवाई सेवा, आन्तरिक आवतजावत, भेला–उत्सव, व्यापार व्यवसायमा बन्देज लगाउन सुरु गरिसकेका छन् । तर अहिलेसम्म धेरैजसो सरकार र नागरिक समाज भने त्यति भयमा नगइसकेको तथा खास नियन्त्रण अनि सम्भाव्य विपत्ति समाधानका लागि तयार नभएको स्थिति छ ।
अफ्रिकाका ४० भन्दा बढी देशमा नेपालीको उपस्थिति रहेको छ भने १६ देशमा गैरआवासीय नेपाली संघका शाखासमेत खुलिसकेका छन् । अहिले पूरै महादेशमा नेपालीको संख्या ७ हजारभन्दा माथि रहेको आकलन छ । संख्यात्मक रूपमा युगान्डा, सेसेल्स, नाइजेरिया, दक्षिण अफ्रिका, केन्या, घाना, कंगो, जाम्बिया, मोजाम्बिक र तान्जानियामा बढी नेपाली रहे पनि आइभोरी कोस्ट, बुर्कानो फासो, सेनेगल, इकोटोरियल गुयाना, निजर, साउथ सुडान, इजिप्ट, लिबिया, रुवान्डा, बुरुन्डी, मदागास्कर, जिम्बाबे, लेसोथो, चाड, क्यामरुन, अंगोला, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मरिसस, इथोपिया, बोत्स्वाना, लेसोथोलगायतका मुलुकमा नेपालीको उपस्थिति रहेको छ । अहिलेसम्म यहाँका सबै मुलुकमा रहेका कुनै पनि नेपालीमा कोरोना संक्रमण पाइएको छैन ।
यो पनि पढ्नुस
विश्वले दक्षिण कोरियाबाट पाठ सिकिरहेका बेला नेपालले पनि सिक्ने कुरा धेरै छन् । नागरिक जिम्मेवारी कसैले पनि नभुलौँ ।
हाल गैरआवासीय नेपाली संघका शाखा र अभियन्ताहरू एकआपसमा सम्पर्क, सूचना तथा सतर्कता आदानप्रदान एवं संकट आइपरे कसरी सहयोग सञ्चालन गर्ने भन्नेबारे छलफल गरिरहेका छन् । त्यसो त व्यापार व्यवसाय बन्द हुँदा यहाँका रोजगारीमा रहनेहरूमाथि प्रभाव पर्न सुरु भइसकेको छ ।
पर्यटन, होटल व्यवसायमा कार्यरत सेसेल्सका २ सयभन्दा बढी नेपालीले रोजगारी गुमाइसकेका छन् भने नेपाल फिर्तीको प्रयास गरिराखेका छन् । यो प्रभाव अझै विस्तार हुने एवं धेरै नेपालीको रोजगारी र व्यापारमा यो संक्रमण बढे झनै प्रभाव पर्ने निश्चित छ । दक्षिण अफ्रिका र इजिप्ट दुई स्थानमा मात्र रहेका नेपाली नियोगसँग सम्भावित समस्या, यसले पार्ने प्रभाव एवं अप्ठेरोप्रति चासो राखिदिन र सहयोगका लागि तयारी गरिदिन पनि यहाँका नेपालीले आग्रह गरेका छन् ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...