भाडाका आमा नेपालतिर
फागुनको पहिलो साता त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा हतारमा भेटिए इजरायली नागरकि टम जिभ।
कन्सुलर शाखाका निम्ति यो नै पहिलो र अन्तिम घटना भने थिएन। किनभने, यसभन्दा एक साताअघि मात्रै इजरायली नागरकि पावेलले यसै गरी भाडाकी भारतीय आमाबाट बच्चा जन्माएर सरकारी स्वीकृति लिइसकेका थिए।
यी दुई तथ्यले भाडाका आमाबाट सन्तान जन्माउन चाहने विदेशीका लागि नेपाल 'हब' बन्दै जान थालेको तर्फ संकेत गर्छ। नेपालले गरेको अध्ययनबाट सस्तो नेपाली बजार, उपयुक्त मौसम र कम झन्झटिलो कानुनी प्रक्रियाका कारण विदेशीहरूले भ्ााडाका आमाबाट नेपाल आएर बच्चा जन्माउन चाहने गरेको तथ्य पत्ता लागेको छ, जसका पछाडि कैयन् नेपाली र विदेशी सम्पर्क व्यक्तिहरूको प्रत्यक्ष र परोक्ष भूमिका रहेको छ। र, यो तथ्यलाई टमकै प्रसंगले पनि पुष्टि गर्छ।
आफ्नी पत्नीको पाठेघरमा बच्चा हुर्किन नसक्ने भएपछि टम सन्तान जन्माउने भरपर्दो विकल्पको खोजीमा थिए। त्यही क्रममा उनले इजरायली कानुन व्यवसायी, जो भाडाका आमाको खोजी गर्ने दम्पतीलाई सम्बन्धित देशसम्म पठाउने र बच्चा जन्मिसकेपछि प्रमाणित गरेर स्वदेश फर्काउनेसम्मको प्रक्रियामा सामेल छन्, को सहयोगमा भारतको नयाँदिल्ली आइपुगे। करबि महिना दिन दिल्ली बसेर उनले मुम्बई घर भएकी भाडाकी आमा फरजना शेखको पाठेघरमा आफ्नो वीर्य र पत्नीको डिम्बको प्रत्यारोपण गराए, जसलाई चिकित्सकीय भाषामा 'इन भिट्रो फर्टिलाइजेसन' -आईभीएफ) भनिन्छ। त्यसपछि टम आफ्नी पत्नीलाई लिएर इजरायल नै फर्के। र, बच्चा जन्मिने समय हुनुअगावै नयाँदिल्लीबाट भाडाकी आमा फरजानालाई लिएर काठमाडौँ आए। झन्डै दुई महिनाभन्दा बढी ठमेलमा बिताएका उनले फरजानालाई भने धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरे, जहाँँ २१ पुसमा उनले छोरी जन्माइन्।
आउँदा एक्लै आएका टमले अब बच्चासहित देश र्फकनका निम्ति कानुनी प्रक्रिया पार गर्नु अनिवार्य थियो। त्यो प्रक्रिया उनले कानुन व्यवसायीसमेत रहेका दोभाषेको माध्यमबाट सजिलै पूरा गरे र बच्चा जन्मेको दुई सातामै इजरायल फर्किए।
भाडाकी भारतीय महिलाले सन्तान जन्माएपछि ग्रान्डी अस्पतालले टम र भाडाकी महिलाको सन्तान भनेर जन्मदर्ता प्रमाणपत्र उपलब्ध गरायो। त्यही प्रमाणपत्रमा स्वास्थ्य मन्त्रालय समन्वय शाखाका अधिकारीले पनि हस्ताक्षर र मन्त्रालयको छाप ठोकिदिए। त्यसपछि त्यो कागज बोकेर उनीहरू परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर शाखामा पुगे। शाखाले स्वास्थ्य मन्त्रालयले प्रम्ााणित गरेको कागजलाई थप प्रमाणित गरििदयो। त्यसैलाई आधार मानेर काठमाडौँस्थित इजरायली दूतावासले बच्चाको नाममा पासपोर्ट र नेपालको अध्यागमन विभागले भिसा जारी गरेपछि टम वैधानिक रूपमा आफ्नो देश र्फकन पाए। भाडाकी आमा फरजाना भने नौ महिनासम्म कोखमा राखेर बच्चा जन्माइदिएबापत सर्त अनुसार झन्डै चार लाख भारतीय रुपियाँ लिएर मुम्बई फर्किन्। कन्सुलर शाखामा भेटिएका टमले संक्षिप्त संवादमा नेपालसँग यति मात्रै भने, "यो प्रक्रिया भारतमा भन्दा काठमाडौँमा धेरै सस्तो र सहज छ।"
टमभन्दा ठीक एक साताअघि मात्रै पावेल नामका अर्का इजरायली पनि यसै गरी भाडाकी आमाबाट काठमाडौँमा जन्मिएका जुम्ल्याहा सन्तान लिएर स्वदेश फर्केका थिए। स्मरणीय छ, ती जुम्ल्याहा शिशुकी भाडाकी आमा, जो भारतीय नै हुन्, ले पनि ग्रान्डी अस्पतालमा नै तिनलाई जन्म दिएकी थिइन्। र, पावेलले पनि देश फर्किनका लागि टमले जस्तै कानुनी प्रक्रियाहरू पूरा गरेका थिए।
नेपालको कानुनमा भाडाका आमाबाट बच्चा जन्माउन मिल्ने कि नमिल्ने अथवा त्यसरी बच्चा जन्माएमा के हुने भन्ने कुनै व्याख्या छैन। अर्थात्, यस सम्बन्धमा कुनै नियम कानुन नै छैन। तर, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरू भने प्राकृतिक तवरबाट जन्मिएका र भाडाका आमाबाट जन्मिएका शिशुका दुवै सन्दर्भमा एउटै ढंगले कानुनी प्रक्रिया चालिरहेका छन्।
वास्तवमा भाडाकी आमाबाट शिशु जन्मिसकेपछि भारतमा लामो कानुनी प्रक्रिया चाल्नुपर्ने, अस्पताल एवं आवासका निम्ति पनि धेरै पैसा खर्चिनुपर्ने भएकै कारण विदेशीहरू यस कामका लागि नेपाल आउन चाहन्छन्। परराष्ट्र मन्त्रालयको कन्सुलर शाखा स्रोतका अनुसार नेपाल आएर भारतीय आमाबाट बच्चा जन्माउन खोज्नेहरूमा अधिकांश इजरायली नागरकि नै छन्। कन्सुलर शाखाका एक अधिकारीका अनुसार पछिल्लो एक महिनामा मात्रै झन्डै आधा दर्जन इजरायली भाडाका आमाबाट शिशु जन्माउन के के गर्नुपर्छ भन्ने प्रक्रिया बुझ्न शाखामा आएका थिए। तीमध्ये एक जना त काठमाडौँस्थित इजरायली दूतावासका प्रतिनिधि नै लिएर आएका थिए। त्यसरी आउनेमध्ये अर्का एकले नयाँदिल्लीस्थित डिम्ब बैंकबाट किनेको डिम्ब र आफ्नो वीर्य भाडाकी आमाको पाठेघरमा प्रत्यारोपण गरेको बताएका थिए। त्यसका निम्ति उनले पहिलो चरणमा नै पाँच हजार अमेरकिी डलर -करबि पाँच लाख रुपियाँ) खर्चेको बताएका थिए।
काठमाडाँैको इजरायली दूतावासले आफ्ना देशका नागरकिले आफ्नो भनेर भाडाका कोखबाट जन्माएका सन्तान आफ्नै देशका नागरकि हुन् कि होइनन् भनेर वैज्ञानिक रूपमै प्रमाणित गर्छ। स्रोतका अनुसार भाडाकी आमाबाट बच्चा जन्माएको प्रमाण पेस गरएिपछि दूतावासले जैविक अभिभावक र शिशुको डीएनए परीक्षणको नमुना भिडाएर हेर्छ। त्यसपछि मात्रै उसले राहदानी जारी गर्छ।
अहिलेसम्म ग्रान्डी अस्पतालले भाडाका आमाबाट जन्मिएको शिशुका सम्बन्धमा जारी गरेको जन्मदर्ता प्रमाणपत्रमा स्वास्थ्य मन्त्रालयले सरकारी छाप र हस्त्ााक्षर ठोकिरहेको छ। यद्यपि, यसरी हस्ताक्षर गर्न पाइने कानुनी प्रावधान छैन। स्वास्थ्य मन्त्रालय समन्वय शाखाका तुलसी दाहाल आफूहरूले भाडाका आमाबाट सन्तान जन्माएकाहरूको जन्मदर्ता प्रमाणपत्रमा प्रमाणीकरण नगरेको दाबी गर्छन्। तर, टम जिभको प्रम्ााणपत्र नै देखाएपछि भने उनले आफूलाई यो विषयमा थाहा नभएको बताए। भने, "हामीलाई जन्मदर्ताको प्रमाणीकरण गर्ने भन्ने कानुनी व्याख्या मात्रै छ, त्यसबाहेक केही थाहा छैन।"
अध्यागमन विभागका अधिकारीहरू पनि भाडाका आमाबाट सन्तान जन्माएकाहरूलाई अध्यागमनले स्वीकृति दिनु कानुनसम्मत हो कि होइन भन्ने अन्योलमा छन्। तर, यसरी भाडाका आमाबाट सन्तान जन्माएका दुई इजरायली नागरकिलाई अध्यागमनले स्वीकृति दिइसकेपछि विभाग पनि झस्केको छ। विभागका निर्देशक शम्भु कोइराला जसरी जन्मिए पनि सबै शिशुलाई नेपालको कानुनले एकै ढंगले हेर्ने बताउँछन्। भन्छन्, "भाडाका आमाको कोखबाट बच्चा जन्मिनु हाम्रो सामाजिक व्यवस्थ्ाा, संस्कार र संस्कृतिभन्दा फरक कुरा हो। यस विषयमा कानुन मौन भएकाले अब के गर्ने भन्ने निक्र्योलमा पुगेका छैनौँ, हामी सल्लाह गर्दै छौँ।"
भाडाका आमाको कोखबाट बच्चा जन्माइरहेको ग्रान्डी अस्पतालमा सेवाग्राहीको आवरणमा पुगेको नेपाल संवाददातालाई अस्पतालकी बिजनेस डेभलपमेन्ट मार्केटिङ् तथा इन्टरनेसनल बिजनेस शाखाकी प्रमुख लखी पाण्डेले अस्पतालमा विदेशी जो आए पनि बच्चा जन्माउन सक्ने तर अस्पतालले नै 'सरोगेसी' नगर्ने दाबी गरनि्। उनले भनिन्, "सरोगेसीबाट बच्चा जन्माउने भए सम्बन्धित देशबाटै कानुनी बाटो चालेर आउनुपर्छ, हामीले त जन्माइदिने मात्रै हो।"
काठमाडौँस्थित इजरायली राजदूत हानान गोदर धेरै उद्देश्यले इजरायलीहरू नेपाल आउने उल्लेख गर्दै तीमध्ये उपचार पनि पर्ने गरेको इमेल वार्तामा बताउँछन्। तर, आफ्ना देशका नागरकिको चिकित्साजन्य उद्देश्य नितान्त निजी हुनाले संस्थागत रूपमा त्यसबारे बताउन नमिल्ने उल्लेख गर्छन्। इमेलमा उनले आफ्नो देशमा सरोगेसीसम्बन्धी कानुन निर्माण र संशोधनको प्रक्रियामा रहेको पनि लेखेका छन्। गोदरको यो उत्तरले इजरायलीहरू किन भाडाका आमाबाट सन्तान जन्माउन अन्य देश चहाररिहेका छन् भन्ने पुष्टि हुन्छ।
उल्लिखित तथ्यले छिमेकी भारतमा मौलाइरहेको भाडाका आमाबाट शिशु जन्माउने प्रचलन नेपालमा पनि भित्रिसकेको प्रमाणित गर्छ। तर, कानुनको अभावमा त्यसरी जन्मिएका बच्चा अपांग वा अन्य शारीरकि दुर्बलतासहित जन्मियो भने के हुन्छ भन्ने प्रश्न गम्भीर छ। त्यस्तो शिशुको जिम्मा भाडाका आमाले लिने कि जैविक अभिभावकले भन्ने जस्तो विवाद उठ्न सक्छ। भाडाका आमा लिएर शिशु जन्माउन चाहने इजरायलीहरूको देशमा त यससम्बन्धी कानुन निर्माण र संशोधनको प्रक्रियामा रहेछ भने के नेपालमा पनि यस्तो कानुन बन्ला ? कि कानुनहीनताको अवस्थामै राखेर केही एजेन्ट र अस्पतालहरूलाई कमाउने गुप्त बाटो मात्रै खोलिदिइरहने ?
यो हो 'सरोगेसी’
काठमाडौँ जिल्ला अदालतले सरोगेसी भनेको के हो भनेर स्पष्ट व्याख्या गरििदएको छ, २३ फागुन ०६७ मा एउटा मुद्दा फैसलाका क्रममा। फैसलाको पूर्ण पाठमा भनिएको छ, 'बच्चा जन्माउन अक्षम दम्पतीले बच्चा जन्माउन सक्षम कुनै पनि महिलासँग सम्झौता गरी दाताको वीर्य तथा अण्डाणु लिएर कृत्रिम गर्भाधान प्रक्रियाबाट गर्भधारण गरी निजको कानुनी तथा जैविक मातापितालाई जन्मेको बच्चा सुम्पन तयार हुन्छिन् भने त्यस्तो बच्चा जन्माउने आमालाई सट्टाआमा अर्थात् सरोगेट मदर भनिन्छ।'
भाडाका आमाको खोजीमा नेपाली पनि
भाडाका आमाको कोखबाट बच्चा जन्माउने विषयमा कानुनी मौनता रहे पनि निःसन्तान नेपाली दम्पतीहरू यसतर्फ बढ्तै आकषिर्त देखिन्छन्। सामाजिक स्वीकृतिबिना नै त्यसरी सन्तान जन्माउने दम्पतीहरूको संख्या पनि बढ्दो छ। त्यसकै प्रमाण हो, भाडाका आमा खोजीदिने, दम्पतीको वीर्य र डिम्ब भाडाका आमाको पाठेघरमा राखिदिने र बच्चा जन्माइसकेपछि हस्तान्तरण गर्ने कामलाई सहज तुल्याइदिने काममा संलग्न नेपालीहरू। बानेश्वरमा आई थापा एन्ड एसोसिएट्स चलाएर बसेका लेखा परीक्षक ईश्वरी थापा तिनैमध्ये एक हुन्, जो त्यसरी सन्तान जन्माउन चाहने दम्पतीका लागि भाडाका आमा खोजीदिने र नेपालमै वा भारतका अस्पतालको सम्पर्क व्यक्तिसम्म पुर्याइदिने काम गर्छन्। यो सेवाबापत उनले प्रतिव्यक्ति करबि तीन लाख रुपियाँसम्म लिन्छन्। यसरी काम गर्ने थापा मात्रै होइनन्, अरू पनि छन्। सरोगेसीको काम गर्ने भारतका धेरै अस्पतालले काठमाडौँमा सम्पर्क व्यक्ति तोकेका छन् र तिनीहरूमार्फत नेपाली दम्पतीहरू भाडाका आमाबाट बच्चा जन्माउन नयाँदिल्लीसम्म पुग्छन्।
सेवाग्राहीको भेषमा नेपाल संवाददाताले गरेको भेटमा थापाले नेपाली भाडाका आमाबाटै बच्चा जन्माउन सकिनेमा आश्वस्त पारे। उनले काठमाडौँमै रहेको अस्पतालमा आईभीएफ गर्ने र बच्चा जन्माउन सकिने भए पनि यी सबै कुरा गोप्य राख्नुपर्ने सर्त तेस्र्याए। उनका अनुसार भाडाका आमाबाट बच्चा जन्माउन कैयन् दम्पती आफूसँग सम्पर्कमा रहेको पनि उनले बताए -हेर्नूस्, थापाको भनाइ)। उनले नयाँदिल्लीमा सरोगेसी एजेन्सी चलाएर बसेकी नीलम छगानीको इमेल ठेगाना पनि दिए। १६ फागुनमा सेवाग्राहीका रूपमा यस संवाददाताले गरेको इमेलको प्रतिउत्तर १७ फागुनमा नीलमले दिइन्। उनले नेपालबाट धेरै सेवाग्राहीलाई थापाले सम्पर्क गराइदिएको र तीमध्ये धेरै दम्पती आफूकहाँ आउने गरेको बताएकी छन्। उनले भाडाका आमाका लागि मात्रै ३ लाख ५० हजार भारतीय रुपियाँ -५ लाख ६० हजार नेपाली रुपियाँ) लाग्ने बताइन्। विभिन्न चरणमा भएको इमेल कुराकानीमा उनले भाडाका आमाबाट बच्चा जन्माउनका लागि दम्पती नै दुईदेखि तीन सातासम्म दिल्ली आएर बस्नुपर्ने र शुक्राणु प्रत्यारोपण गरेपछि भाडाका आमालाई आफ्नो संस्थाले नै राम्रो खानपिनका साथ स्याहारसुसार गरेर राख्ने बताइन्। नीलमले भाडाका आमाबाट बच्चा जन्माउनका निम्ति ६ चरण पार गर्नुपर्ने बताउँदै त्यसका निम्ति लाग्ने शुल्कको बेहोरा पनि उल्लेख गरेकी छन्।
'सबै काम हुन्छ तर गोप्य'
नेपालमा नै आईभीएफ प्रविधिबाट सरोगेसी गर्ने हो भने पनि हुन्छ। त्यसका लागि भाडाका आमालाई ६ लाख रुपियाँ दिनुपर्छ। हामीले सेवाबापत तीन लाख रुपियाँ लिन्छौँ र बाँकी अस्पतालमा खर्च हुन्छ। सबै गर्दा १६ लाख रुपियाँ लाग्छ। भारत गएर गर्ने हो भने पनि यति नै लाग्छ। तर, यो सबै काम गोप्य हुन्छ। हाम्रो समाज अलिक परम्परागत खालको छ, त्यसैले तपाईं आफ्नी श्रीमतीसँग सल्लाह गर्नूस्। गर्ने नै हो भने मलाई एक महिना समय दिनूस्। भाडाका आमा खोज्न कम्तीमा पनि त्यति समय लाग्छ। काठमाडौँमै त्यस्ता महिला पाइन्छन्।
तपाईं भारत जानुहुन्छ भने पनि हाम्रो सम्पर्क छ। दिल्ली जानूस्, त्यहाँ उनीहरूले नै भाडाका आमा मिलाइदिन्छन्। पति र पत्नीको शुक्रकिट र डिम्ब मिलाएर भाडाका महिलाको पाठेघरमा राखेको १५ दिनपछि तपाईं नेपाल र्फकन सक्नुहुन्छ। त्यसपछि जब भारतबाट डाक्टरले फोन गर्छन्, तब तपाईं गएर आफ्नो बच्चा लिएर आउन सक्नुहुन्छ।
नेपालमा 'सरोगेसी'
भाडाका आमाबाट शिशु जन्माउने प्रक्रिया कानुनी रूपमा ठीक हो वा होइन भन्ने विषयमा नेपालको कानुन मौन छ। कानुनी मौनताका बाबजुद पनि निःसन्तान दम्पती भ्ााडाका आमाबाट सन्तान भने जन्माइरहेका छन्। यसरी भाडाका आमाबाट जन्मिएका सन्तानको आधिकारकिताको विषयलाई लिएर एउटा मुद्दा अदालतसम्म पुगेपछि नेपाली समाजमा गुपचुप रूपमा चलिरहेको सरोगेसीको मुद्दा सतहमा आएको हो।
काठमाडौँ सुकेधाराका विवाहित उज्ज्वलशमशेर राणाले आफ्नी श्रीमतीबाट बच्चा जन्मिन नसक्ने बताउँदै काठमाडौँकै रैथाने सपना नगरकोटी (नाम परविर्तन)को कोख बच्चा जन्माउनका लागि २९ असोज ०६४ मा भाडामा लिए। र, त्यसका निम्ति लिखित सम्झौतासमेत गरेका थिए। तर, छोरी जन्मिसकेपछि उज्ज्वल-पत्नी साम्भवी आफ्नो स्वीकारोक्तिबिना श्रीमान्ले भाडाका आमाबाट बच्चा जन्माएको भन्दै पारपाचुके गर्ने निष्कर्षमा पुगिन्। त्यसपछि उक्त विवाद अदालतमा पुग्यो। जसको केन्द्रमा थियो, अंशबन्डा गर्दा भाडाका आमाको कोखबाट जन्मिएको सन्तानलाई अंश छुट्याउने कि नछुट्याउने भन्ने।
२२ असार ०६६ मा काठमाडौँ जिल्ला अदालतमा दायर भएको उक्त मुद्दाको फैसला २३ फागुन ०६७ मा भयो। फैसलामा भाडाका आमाबाट सन्तान जन्माउनका लागि पति उज्ज्वलशमशेरले पत्नी साम्भवीबाट अनुमति नलिएको र भाडाका आमासँग गरेको सम्झौता कानुनी रूपमा मान्यताप्राप्त नभएको भन्दै शिशुलाई कानुनी मान्यता दिइएन।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...