उपचार पनि, राजनीति पनि
प्रवासी नेपाली संघ, दिल्ली राज्य समितिले १८ भदौको साँझ अगुवा कार्यकर्ता भेला आयोजना गर्यो।
साकेतमा रहेको म्याक्स अस्पतालमा स्वास्थ्य परीक्षण गराएर आईटीओस्थित राजाराम मोहन स्मृति सभाकक्ष आइपुगेका ओलीले अघिल्लोपटकभन्दा गहु्रँगो देखिने गरी दाहिने हातमा ब्यान्डेज बेरेका थिए। निकै थकित र क्लान्त मुद्रामा देखिएका ६२ वषर्ीय ओलीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक अनन्तकुमारले यसपटक पनि 'धेरै दौडधूप नगर्न र तनाव नलिन' सुझाएका थिए। तर, एमाले संसदीय दलका नेतादेखि पार्टी अध्यक्षसम्मको हैसियत, सभासद् र सम्भावित प्रधानमन्त्री भनेर कार्यकर्ता तहमा फैलाइएको विश्वासका माझ ओली धेरै 'प|mेस' देखिन्थेनन्।
उपचारका लागि नयाँदिल्ली उत्रिएको दुई दिनमा अर्थात् १६ भदौमै भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई साउथ-ब्लकमा भेट्न पाएपछि एमाले अध्यक्ष ओलीको सहयोगी टिम निकै हौसिएको थियो। प्रवासी नेपाली संघ, दिल्ली राज्य समितिका कार्यकर्तामाझ ओलीको कार्यव्यस्तताबारे भनिएको थियो कि प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणबाट आउनासाथ भेटघाट मिलाउने र गृहमन्त्री राजनाथ सिंह तथा भारतीय जनता पार्टी -भाजपा) अध्यक्ष अमित शाहसँग पनि भेट्ने कार्यक्रम छ। तर, भाजपा अध्यक्ष शाहस ँगको समयतालिका नमिलेको र अरू भनिएका भेटघाट तत्काल सहज नभएकाले ओलीको भेटघाट सम्भव नभएको भाजपामा नेपाल सेल इन्चार्ज अजित कुमार बताउँछन्। भन्छन्, "उहाँ उपचारका क्रममा आएको भनिएकाले पनि समय तालिका मिलाउन सकिएन।"
तर, यी भेटघाटका प्रयास र पहलबारे दिल्लीस्थित नेपाली दूतावासलाई भने केही जानकारी थिएन। "आवश्यक परेमा खबर गराँैला भनियो, त्यही भएर अग्रसर हुने कुरै आएन," दूतावासका एक अधिकारी भन्छन्। विदेशमन्त्री स्वराजसँगको शिष्टाचार भेट भनिए पनि त्यस भेटमा भारतीय विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए। तर, नेपाली दूतावासका अधिकारीले मिडियामा तस्बिर छापिएपछि मात्रै भेटको पत्तो पाएका थिए।
"ओलीको दिल्ली भ्रमणलाई विगतभन्दा धेरै गोप्य र अर्थपूर्णजस्तो बनाउन खोजियो," प्रवासी संघका एक पदाधिकारी कार्यकर्ता भेलाकै माझ भन्दै थिए, "यसो गर्ने हो भने झन् अनर्थ फैलनेछ।" विशेषतः भावी प्रधानमन्त्रीको चाहना र नेपालको सत्ता समीकरणमा धेरैले बुझ्ने गरेको जस्तो दिल्ली-आशीर्वादको अर्थमा यसपटक ओलीको भ्रमणलाई जबरजस्ती अथ्र्याउन खोजिएको उनको भनाइ थियो। तर, अनुमान गरएिझैँ र तालिकामा राखिएका कुनै पनि भेटघाट सहज नभएपछि ओली १९ भदौको अपराह्न काठमाडौँ फर्केेका हुन्।
नेता ओलीले अघिल्लोपटकको दिल्ली भ्रमणमा चर्को स्वरमा राष्ट्रपति अनुमोदन, २६ सभासद् मनोनयनलगायतका विषयमा गम्भीर ध्यानाकर्षण गराएका थिए, भारतीय पक्षको। तर, अहिले आफू एमाले पार्टी अध्यक्ष भएपछिको जिम्मेवारीमा भने राष्ट्रपतिको अनुमोदनबारे ओलीले केही बोलेनन्। न त अरू कुनै विवादका विषयमा नै मुख खोल्न रूचाए।
बरू, 'म ठीक छु, डाक्टरले सुधारलाई राम्रो भनेका छन्' भनेर कार्यकर्तालाई आश्वस्त पार्दै मीठो शैलीमा संघीय राज्य र प्रदेशका कुरा मात्रै सुनाउन चाहे। भने, "प्रदेश भनेको केटाकेटीले बनाई खेलेको घरजस्तो होइन, डाँडैपिच्छे प्रदेशको सम्भावना रहन्न," उनले एमालेले बढीमा सातवटा प्रदेशको अवधारणा बनाइसकेको पनि बताए। उनले विवाद र असहमति रहिरहेमा दुईतिहाइ बहुमतका आधारमा नेपालको संविधान जारी हुन सक्ने धारणा पनि राखे।
दिल्ली केन्द्रले पछिल्लो समयमा पत्याएको र भर गरेको भनिएका नेता ओली यसपटक एक चर्चित नेपाली उद्योगपतिको भनेर चिनिएको सुल्तानपुरस्थित इम्पायर अपार्टमेन्टमा बसेका थिए। चार महिनाअघि दिल्ली आउँदा पनि झन्डै एक महिना उनी यही अपाटर् मेन्टमा बसेका थिए। यसपटकको बसोवासमा ओलीको निकटस्थ रहेर बसेका प्रवासी नेपाली संघ, भारतका महासचिव युवराज बाँस्कोटा, सहयोगी राजेश बज्राचार्य र ओली धर्मपत्नीले सकेसम्म बाहिरी भेटघाटमा छेकबार लगाउने प्रयत्न गररिहेका हुन्थे। तर, यो साध्य थिएन।
बाहिरी भेटघाटमा छेकबार लगाए पनि ओलीले आफ्ना तर्फबाट गर्ने भेटघाटचाहिँ रोक्न चाहेनन्। यो बेग्लै कुरा हो कि, राजनीतिक तहमा उनले विदेशमन्त्री स्वराजलाई भेटे, प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष शाहलाई भेट्न पाएनन्। अब यसलाई कसरी बुझ्ने, उनको राजनीतिक मिसन सफल वा असफल भएको ?
स्वास्थ्य अवस्था
मिर्गौला प्रत्यारोपणपछि सामान्यतः पाचन प्रणाली कमजोरी हुने र प्रत्यारोपण गरेका अधिकांशलाई 'ग्रानुलोमस फंगस'को समस्या रहने विज्ञले बताएका थिए । केपी ओलीमा देखिएको संक्रमण पनि यही हो । यसपटक ओलीले पिसाबमा हुने प्लेटिनियमको मात्रासमेत परीक्षण गराएका थिए । यसको नतिजा चित्तबुझ्दो आएको उनका सहयोगीले बताएका छन् । ओली स्वास्थ्य परीक्षणका क्रममा अब फेरि तीन महिनापछि दिल्ली आउनुपर्नेछ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...