रैथाने प्रविधि
डेढ दशकअघि विश्व बैंकको २० वर्षे सेवाबाट निवृत्त हुने बेला अर्थशास्त्र पृष्ठभूमिका सानुकाजी श्रेष्ठ, ७१, लाई तत्कालीन उपाध्यक्षले काठमाडाँैबाट अवकाश पाए
यही कामका लागि उनले ०५९ मा फाउन्डेसन फर सस्टेनेबल टेक्नोलोजिस (फोस्ट) खोलेर जीवनभरको आर्जन खर्चिए । उनले काम सुरु गर्दा दिगो प्रविधिका बारेमा बहस छेडिएकै थिएन । मट्टीतेल–ग्यासबिना पनि खाना पकाउन, फोहरका रूपमा मिल्क्याइने वस्तुलाई पुन: प्रयोगमा ल्याई मनग्य फाइदा लिन सकिन्छ भन्दा उनलाई ‘पागल’को संज्ञा दिने कम थिएनन् । त्यसको परवाह नगरी उनी काठमाडौँको गल्कोपाखास्थित आफ्नै घरको प्रयोगशालामा अनौठा अनौठा प्रयोग गरिरहन्थे ।
०६० सालतिर घरछेउको ढल जाम भयो । पानी ‘ओभरफ्लो’ भएर घरघरमा पस्न थाल्यो । उनले ढलमा अड्किएर बसेका कागजको बाकसका ठूलठूला टुक्रा निकालेर आफ्नो प्रयोगशालामा ल्याए । ढलको फोहर घर ल्याएपछि कुरा काट्नेलाई के चाहियो ? तर, उनले त्यही फोहरबाट ब्रिकेट बनाएर देखाइदिए । अहिले पनि उनको प्रयोगशाला पुग्ने हो भने चाउचाउ–बिस्कुटका खोलदेखि पिसाबसम्म जम्मा गरेर राखेको देखिन्छ । भन्छन्, “सबैको आ–आफ्नै प्रयोग हुन्छ, सहर सफा राख्न पनि योगदान पुग्छ, नगरपालिकालाई गाली गरेर मात्र समस्या समाधान हुने होइन ।”
श्रेष्ठले विशेष गरी सौर्य प्रविधि र गैर–सौर्य प्रविधिमा प्रशस्त अनुसन्धान गरेका छन् । र, ती अनुसन्धानलाई जीवनोपयोगी ढाँचामा रूपान्तरण गरेका छन् । सौर्य प्रविधि अन्तर्गत सौर्य चुलो, ड्रायर, ओभन, पानी डिस्इन्फेक्टर र पास्चराइजरका थुप्रै नमुना उनले बनाएका छन् । त्यस्तै गैर–सौर्य प्रविधि अन्तर्गत ऊर्जा बचत गर्ने चुलो, हिट रिटेनिङ बक्स, कम्पोस्टिङ ट्वाइलेट/बिन, ब्रिकेट आदिमा पनि उनले पर्याप्त दिमाग खर्चेका छन् । भन्छन्, “जीवनशैली व्यस्त बन्दै जाँदा दिगो प्रविधिका कतिपय विधि झन्झटिलो लाग्न सक्छ तर यसले भावी पुस्ताका लागि पर्यावरण जोगाइराख्न सघाउँछ ।”
श्रेष्ठलाई के लाग्छ भने मानिसलाई बजारले क्रमश: नियन्त्रण गर्दै लगेको छ । त्यसमा सानो गडबडी हुँदा पनि हाम्रो जीवनशैलीमा उथलपुथल ल्याइदिन्छ । चाहे त्यो ग्यासको हाहाकार होस् वा बढ्दो लोडसेडिङ । त्यसबाट छुटकारा पाउने हो भने उपलब्ध साधन–स्रोतलाई विवेकपूर्ण ढंगले प्रयोग गर्न जान्नुपर्छ । जस्तो : चाउचाउ, बिस्कुट, भुजिया आदिको खोल सौर्य चुलो बनाउन काम लाग्छ । यिनको भित्रपट्टिको चहकिलो भागले ‘रिफ्लेक्टर’को काम गर्छ ।
त्यस्तै फोहरका रूपमा फालिने पातपतिंगर, फलफूल तरकारीका बोक्रा, उखुका खोस्टाजस्ता वस्तुबाट जैविक अंगार बनाउन सकिन्छ । जसको प्रयोगले माटोको उर्वराशक्ति बढ्छ, कीरा कम लाग्छ भने थोरै सिँचाइबाट पनि पर्याप्त उब्जनी हुन्छ । अझ गाईवस्तु वा मानिसको मूत्रलाई पानीसँग बराबर परिमाणमा मिलाएर प्रयोग गरे अरू मल हाल्नै पर्दैन ।
उनले यही विधिबाट आफ्नो करेसाबारीमा लोभलाग्दो गरी विभिन्न तरकारी र फलफूल फलाएका छन् । यस्ता अक्कल सिकाउन उनी भारत, कोलम्बियालगायत २५ भन्दा बढी मुलुकका ग्रामीण क्षेत्र मात्र होइन, बम–गोलीका कर्कश आवाजले तर्साइरहने अफगानिस्तानसमेत पुगेका छन् । नेपाल त उनको आफ्नै घर भइहाल्यो । दाता वा प्रोजेक्ट साथमा नभए पनि फुर्सद मिल्नासाथ गाउँ–सहर डुलिरहेकै हुन्छन् । ५२ जिल्लाका समुदायमा उनका अनुसन्धानको सफल प्रयोग भइरहेको छ । फोस्टद्वारा प्रवद्र्धित सुधारिएको चुलो त गाउँगाउँ पुगेका छन् । उनकै प्रयोगशालामा पनि न्यूनतम शुल्क बुझाएपछि बोटलक्राफ्ट, ब्रिकेट, सौर्य चुलो, ड्रायर, जैविक अंगार आदिको तालिम लिन पाइन्छ ।
सन् २००७ मा बीबीसी, न्युजविक र सेल नामक बहुराष्ट्रिय कम्पनीले बर्सेनि आयोजना गर्ने वल्र्ड च्यालेन्जमा फोस्ट उपविजेता बन्यो । उक्त प्रतियोगितामा सयभन्दा बढी मुलुकका ९ सय ४० प्रतियोगी थिए । त्यसमा समुदायको तल्लो तहसम्म सकारात्मक प्रभाव पारेका आयोजना वा लघु व्यवसाय सहभागी हुन्छन् ।
त्यस्तै २००९ मा युनाइटेड स्टेट्स इन्भायरमेन्टल प्रोटेक्सन एजेन्सीले फोस्टलाई पीसीआईए अवार्ड दियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले प्रदान गर्ने राष्ट्रिय पुरस्कार पनि सन् २०१० मा फोस्टकै पोल्टामा पर्यो । २०१४ मा नेपाल सरकारले रेन्युएबल एनर्जी अवार्ड नै दियो । भन्छन्, “अब जनताको जीवनस्तर उकास्ने हो भने न्यूनतम मूल्यका र स्थानीय तहमा सजिलै विकास गर्न सकिने प्रविधि र शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ ।”
श्रेष्ठद्वारा विकसित उपकरण
ओपन कुकर
यसले घामको प्रकाशलाई भाँडामा एकत्रित गर्छ । ऊर्जा बढी सोस्ने भएकाले कालो भाँडा बढी प्रभावकारी हुन्छ । पातलो आल्मुनियम पाता वा टल्कने कागजको प्रयोग गरेर बनाउन सकिने र पट्याएर बोक्न मिल्ने यो सौर्य चुलो ट्रेकिङमा पनि उपयोगी हुन्छ ।
सोलार ड्रायर
माछा आयात गर्दा प्रयोग हुने थर्मोकोल बट्टा प्रयोग गरेर सजिलै बनाउन सकिन्छ, सोलार ड्रायर । हावा खेल्न दिनका लागि तल्लो भागमा इनलेट र माथिल्लो भागमा आउटलेट बनाउनुपर्छ र प्लास्टिक वा सिसाको बिर्कोले छोपिदिनुपर्छ । बीचमा खानेकुरा सुकाउनका लागि जालीको ट्रे राख्नुपर्छ । भित्री सतहलाई कालो बनाउँदा धेरै सौर्य ऊर्जा सोसिने भएकाले माछामासु र खानेकुरा छिटो ड्राई हुन्छ ।
बायोचार मेकर
ग्रामीण भेगका लागि निकै उपयोगी छ । किनभने, यसले बायोचार (जैविक अंगार) बनाउने र खाना पकाउने काम एकसाथ गर्छ । चुलोको माथिल्लो भागमा खाना पकाइन्छ भने वरिपरि रहेको च्याम्बरमा जैविक अवशेषलाई हालेर बायोचार बनाइन्छ । बायोचार मिसाउँदा माटोको उर्वराशक्ति बढ्छ ।
ब्रिकेट मेकर
तरकारी फलफूलका खोस्टा, पशुपन्छीका मल, कागजलगायत कुनै पनि जैविक तत्त्वलाई पानीमा भिजाएर पल्प बनाइसकेपछि यो उपकरणमा राखेर ब्रिकेटको आकार दिइन्छ । अधिकांश भाग फलामबाट बन्ने यस उपकरणमा ब्रिकेट बनाउँदा कम शारीरिक बल प्रयोग गरे पुग्छ ।
डबल कुकर
फिल्टरजस्तो देखिने भागमा पानी तताउने र माथिको चुलोमा खानेकुरा पकाउने काम एकसाथ गर्न सकिन्छ । दाउरा वा ब्रिकेट प्रयोग हुने क्षेत्रमा ऊर्जा बचतका लागि निकै प्रभावकारी हुन्छ, डबल कुकर ।
हिट रिटेनिङ बक्स
तातोलाई लामो समय कायम राख्ने भएकाले यसको प्रयोगबाट ऊर्जाको बचत गर्न सकिन्छ । कुनै खानेकुरा पकाउन प्रेसर कुकरमा तीन सिटी लगाउनुपर्छ भने एक सिटी मात्र लगाएर कुकरलाई यसभित्र राखिदिने हो भने पहिलेकै तातोले खानेकुरा पाक्छ । यसमा राखेको खानेकुरा चार घन्टासम्म तातै रहन्छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...