म्यादी आन्दोलन किन ?
करिब दुई महिना सँगसँगै चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गर्न ७ पुसमा बिहानैदेखि तयारी भइरहेको थियो । ५५ दिन संगत गरेर सुरक्षामा सहयोगी बनेका म्यादी बिदाइ भएर घर फर्किने तरखरमा थिए ।
करिब दुई महिना सँगसँगै चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गर्न ७ पुसमा बिहानैदेखि तयारी भइरहेको थियो । ५५ दिन संगत गरेर सुरक्षामा सहयोगी बनेका म्यादी बिदाइ भएर घर फर्किने तरखरमा थिए । त्यसैको चाँजोपाजो मिलाउन प्रहरी कार्यालयमा अनुुभवको प्रमाणपत्र बनाउनेदेखि बिदाइ समारोहको बन्दोबस्त मिलाउन नायब प्रहरी उपरीक्षक (डीएसपी) सुवासचन्द्र बोहरा आफैँ खटेका थिए । तर, यही दिन पूर्व भइसकेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरे । बचाउमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको ज्यान गुम्यो ।
प्रहरीसरह सुरक्षाको जिम्मा लिएर खटिएका म्यादीलाई बिदाइ गर्न प्रहरीले बिहान ८ बजे नै नेपाल टेलिकम नजिकैको गणको खुला चौरमा जम्मा गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कालीकोटमा जनपद, सशस्त्र, म्यादी र नेपाली सेना गरी २ हजार ५ सय ७५ जना सुरक्षाकर्मी परिचालित थिए । धेरैजसो स्थायी सुरक्षाकर्मी दोस्रो चुनावमा सुरक्षार्थ गएपछि कालीकोटको सुरक्षाको पूरै जिम्मा म्यादीले लिएका थिए ।
जागिर सकिने दिन भएर होला, अघिल्लो दिनसम्म तोकिएको समयमा एक मिनेट पनि तलमाथि नहुने गरी हाजिर हुने म्यादीहरू त्यस दिन एक–एक गरी आउन थाले । सबै आइपुग्दा ११ नै बज्यो । उनीहरूलाई कमान्ड गर्ने प्रहरीले पनि छुट्टिने दिन किन किचकिच गर्नु भनेर खासै केही भनेनन् । आएकालाई चौरमा बसालियो ।
सबै जम्मा भएपछि प्रहरी सेटमा डीएसपी बोहरासहितलाई छिटो आउन आग्रह गरियो । बिदाइका लागि जिल्ला प्रहरी प्रमुख डीएसपी बोहरासहित अरू सुरक्षा निकायका अधिकार ीसमेत सभास्थल पुगे । त्यहाँ म्यादीलाई अबिरसहित प्रमाणपत्र वितरण गरियो । त्यहाँ उनीहरूसँग केही म्यादीले फोटो पनि खिचाए । म्यादी प्रहरी जयन्ती शाहीले बिदाइ गीत गाएर सबैलाई भावुक बनाइन् ।
डीएसपी बोहरालगायत अरू सुरक्षा निकायका अधिकारीले पनि म्यादीलाई सम्बोधन गरे । म्यादी भएर कमाएको पैसा होटलमा खाएको तिर्दै सकिएको गुनासो नआएको भने होइन । “केही केटाहरू हामी आजदेखि पब्लिक भइसक्यौँ, यिनीहरूले भनेको किन मान्ने भन्दै हल्ला गर्न थालिसकेका थिए,” खाडाचक्र–३ का म्यादी प्रहरी पदमराज पाण्डे भन्छन् । म्यादीले अन्य जिल्लामा बढी रकम पाएको तर आफूहरूलाई कम दिइएकाले आन्दोलन गर्नुपर्छ भनेर खासखुस भइरहेको थियो । यो सुनिरहेका डीएसपी बोहराचाहिँ पहिलो किस्तामा २४ हजार र दोस्रो किस्तामा करिब ३५ हजार रुपियाँ खातामा गइसकेको बताएर कार्यालयतर्फ लागे ।
लगत्तै आधाजसो म्यादी ‘घर जान हतार छ’ भन्दै हिँडे । केही ‘एकछिन सल्लाह गराँै’ भनेर त्यहीँ बसे । उनीहरूले मोबाइलमा विभिन्न व्यक्तिसँग ‘माथिबाट आएको पैसा कति हो’ भनेर सोधे । यतिबेलासम्म ३ बजिसकेको थियो । केही खाजा खाने भन्दै बजारका होटलमा पसिसकेका थिए । उनीहरूले खाजासँग मदिरा पनि पिएको प्रहरीको दाबी छ । चुनावको अवधिभर कडाइ गरिएको मदिरा चुनावपछि खुकुलो भइसकेको थियो । उनीहरूलाई कसैले ‘तिमीहरूको पैसा जिल्ला प्रहरीले काटेको छ, आन्दोलन गर्नु’ भनेपछि एकाएक जिल्ला प्रहरी कार्यालयमा जाइलाग्न आएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
म्यादीलाई सम्झाइबुझाइ गरेर प्रहरीको कन्ट्रोल रुममा पुग्नेबित्तिकै असिनाझँै ढुंगामुढा हुन थालेपछि अवस्था असामान्य भयो । एकछिन अघिसम्म सुरक्षाकर्मीको भूमिकामा रहेका म्यादीले यसो गर्लान् भन्ने त कल्पनै थिएन । डीएसपी बोहरा भन्छन्, “गोली हानेर ज्यान लिने उद्देश्य होइन, अप्रिय घटना भयो ।” तर, अधिकारकर्मी मोहनराज सुवेदी पूर्वसूूचना नदिएरै प्रहरीले एक्कासि गोली हानेको बताउँछन् । रास्कोट–२ का म्यादी प्रहरी विवेक ऐडी गोली लागेर भुइँमा लडे । उनलाई उठाउन जानेलाई पनि प्रहरीले अश्रुग्यास हानेर लैजान नदिएको आरोप आफन्तको छ । टाउकोमा गोली लागेर अत्यधिक रक्तश्राव भएर अन्तिम अवस्थामा मात्र उनलाई अस्पताल पुर्याइएको थियो, जहाँ डाक्टरले उनको मृत्यु भइसकेको जवाफ दिएका थिए ।
म्यादी उचाल्न विप्लव माओवादीको हात रहेको यहाँका प्रमुख जिल्ला अधिकारी र डीएसपी दुवै जनाको दाबी छ । चुनावअघिदेखि नै विप्लवले विभिन्न अवरोध सिर्जना गर्ने प्रयास गरे पनि सफल नभएकाले अन्त्यमा म्यादी प्रयोग गरेको प्रजिअ बद्रीनाथ गैरे बताउँछन् । डीएसपी बोहरा पनि यस्तै भन्छन्, “केहीले मदिरा पिए, त्यही अवसर छोपेर घुसपैठ गर्ने (विप्लव समूह)ले प्रयोग गरिदियो ।” कालीकोटको म्यादी आन्दोलन न्यायका लागि लडाइँ भएकाले आफ्नो पार्टीको ऐक्यबद्धता भए पनि प्रहरी प्रशासनले आफ्नो कमजोरी ढाकछोप गर्न विप्लव माओवादीलाई आरोप लगाएको त्यसका स्थानीय नेता मुनिलाल ऐडीको प्रतिक्रिया छ । यद्यपि, म्यादी प्रहरीको सेवा–सुविधामा कुनै अनियमितता नभएको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइसकिएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...