डिल्लीबजार कारागारमा महराको बास
महरा पुर्पक्षका लागि थुनामा गएपछि अब साक्षीका बकपत्र माथि छलफल हुनेछ । प्रतिवादीका वकिलले न्यायाधीश सामुन्ने साक्षीलाई जिरह गर्नेछन् ।
संघीय संसदकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई सोमबार थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको अदालतका सूचना अधिकारी ज्ञानेन्द्र कार्कीले बताए ।
मुद्दाको टुङ्गो नलागेसम्म अदालतले महरालाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन बुझेपश्चात् जर्बजस्ती करणी अभियोगमा महराविरुद्ध १४ कात्तिकमा अदालतमा मुद्दा दायर गरेको थियो ।
महरालाई पुर्पक्षका लागि थुनामा राख्ने या धरौटीमा छोड्ने बारे आइतबारदेखि बहस सुरु भएको थियो । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तय गरिएको थियो । महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । महराको अदालती बयान शुक्रबार भएको थियो ।
इजलासमा प्राप्त प्रमाण हेर्दा महरालाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी कार्कीले बताए ।
यो पनि पढ्नुस्ः एकपछि अर्को यौन विवादमा पूर्वमाओवादी अगुवा
महराको मुद्दालाई निरन्तर सुनुवाईमा राखेको छ । यसकारण पनि यो मुद्दा छिटो छिनोफानो हुनेछ ।
सोमबार चारजना सरकारी वकिलले अदालतमा बहस गरेका छन् । जसमा सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता उमाकान्त पौडेल, हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले पीडितको पक्षबाट बहस गरेका थिए ।
अब के हुन्छ ?
महरा अब न्यायायिक हिरासतमा रहनेछन् । न्यायिक हिरासत भन्नाले कुनै अभियुक्तलाई मुद्दाको पुर्पक्षको क्रममा अदालतको आदेशले थुनामा राख्ने कार्य हो । मुद्दाको पुर्पक्ष भनेको मुद्दाको अन्तिम निर्णय भने होइन । पुर्पक्ष भन्नाले कुनै अदालतमा दायर भएको मुद्दाको कारवाहीका सिलसिलामा अपनाइने प्रक्रिया हो ।
महरा पुर्पक्षका लागि थुनामा गएपछि अब साक्षीका बकपत्र माथि छलफल हुने जिल्ला न्यायाधिवक्ता पौडेलले बताए । प्रतिवादीका वकिलले न्यायाधीश सामुन्ने साक्षीलाई जिरह गर्नेछन् । जिरह भनेको साक्षीहरूले प्रहरीमा प्रस्तुत गरेका व्यहोरामाथि पुन: सवाल जवाफ गर्नु हो ।
यस्तै, महराका तर्फबाट रहेका साक्षीहरुसँग सोधपुछ हुनेछ । प्रतिवादी र प्रतिवादीका साक्षीलाई एकैसाथ बोलाएर जिरह गरिने न्यायाधिवक्ता पौडेलले जानकारी दिए ।
यो पनि पढ्नुस्ः महरामाथिको अभियोग पत्र कति बलियो ?
महराको बयान भने १५ कात्तिकमै सकिइसकेको छ । उनले संघीय संसद्की कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप अस्वीकार गरेका छन् । उनले पीडितको घर नजिक गएको तर फोन सम्पर्क नभएपछि फर्केको बयान प्रहरीलाई दिएका छन् । अदालतमा उनले सोही बयान दोहोर्याएको न्यायाधिवक्ता पौडेले नेपाललाई बताए ।
उपचार अब कारगारमै
२३ असोजमा स्वास्थ्यमा समस्या देखियो भन्दै महरा नर्भिक अस्पतालमा भर्ना भएका थिए । अहिले पुर्पक्षका लागि थुनामा पठाएपछि महर डिल्लीबजार कारागारमा बस्नेछन् । उनको स्वास्थ्यमा कुनै असर परे कारागारमै उपचार हुने न्यायाधिवक्ता पौडेलले बताए । “डिल्लीबजार कारागार देशमा भएका राम्रा काराकारहरु मध्येको एक मानिन्छ । उहाँ बिरामी भए त्यहीँ सरकारले स्वास्थ्य सुविधा उपलब्ध गराउँछ ।”
महरा विरुद्धको अभियोगपत्रमा ‘मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो’ भनी उल्लेख छ । जसअनुरुप, महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरेको छ । सो उपदफामा ‘कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने’ व्यवस्था छ ।
यो पनि पढ्नुस्ः यी रोशनी, ती मरी
१९ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी (बलात्कार) भए कसूरदारले ७ देखि १० वर्षसम्म कैद सजाय पाउँछन् । जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मा आधा सजाय हुन्छ । यसअनुसार साढे तीन देखि साढे पाँच वर्षसम्मको सजाय हुन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा डेढी लगाई थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...