टेकु जानै मान्दैनन् बिरामी
सरकारले कोरोनाको उपचारका लागि तयारी गरेको दाबी गरे पनि प्रदेशका अस्पतालमा पर्यापप्त मात्रामा आइसोलेसन कक्ष, आईसीयु, पीईई प्रोटोकल र दक्ष जनशक्ति छैनन् ।
पश्चिम नवलपरासीको रामग्राम–१६ हकुईका दिनेश चौधरी आफन्तसहित ४ चैतमा परासीको पृथ्वीचन्द्र अस्पताल पुगे । रुघाखोकी, ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समा जिल्लाको सरकारी अस्पताल आएका चौधरीको एक्सरे हेर्दा फोक्सोमा दाग देखियो । अक्सिजन कम हुँदै गएपछि कोरोनाको आशंका गर्दै लुम्बिनी प्रादेशिक अस्पतालबुटवल पठाइयो ।
प्रादेशिक अस्पतालले आइसोलेसन बेड खाली नभएको भन्दै चितवन मेडिकल कलेज लैजान सुझायो । चौधरी ५ चैत बिहान २ बजे चितवनको पुरानो मेडिकल पुगे । अस्पतालले टाइफाइड र डेंगु परीक्षण गर्यो । तर कोरोनाको आशंका गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लैजान सुझाएको थियो । सबै अस्पतालका डाक्टरले कोरोनाको आशंका गर्दा डराएर टेकु नपुर्याई वीर अस्पताल पुर्याएको बिरामीका आफन्त सञ्जय गुप्ता बताउँछन् । वीर अस्पतालले पनि रिपोर्ट मात्रै हेरेर टेकु अस्पतालमै पठायो । तर परिवारले उक्त अस्पताल नलगी कलंकीस्थित एक निजी अस्पताल पुर्याए । त्यसपछि बिरामी फर्काएर रूपन्देहीको क्रिमसन, देवदह मेडिकल कलेज पुर्याउँदा पनि अस्पतालले बिरामी भर्ना नगरेपछि पुन: परासीको पृथ्वीचन्द्र अस्पताल पुर्याएको गुप्ता बताउँछन् ।
एकपछि अर्कोमा चक्कर लगाउँदा पनि अस्पतालले भर्ना नगरेपछि बिरामीका आफन्त त्रासमा थिए । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको दबाबपछि मात्रै बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिएको थियो । अहिले अस्पतालको आइसोलेसन कक्षमा राखेर दिनेशको उपचार गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल बिरामीको अवस्था स्थिर रहेको बताउँछन् । “बिरामीलाई कडा निमोनिया देखिएको छ,” डा खनाल भन्छन्, “स्वाब परीक्षणका लागि पठाइएको छ, अरू कुरा रिपोर्ट आएपछि थाहा हुन्छ ।”
कोरोनाको आशंकामा अस्पतालमा आएका बिरामीलाई छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गर्नुपर्छ । सरकारले बिरामी खोजीखोजी उपचार गर्छौं भने पनि अस्पताल गएकै बिरामी पनि भर्ना हुन सकेका छैनन् ।
अस्पतालमा आइसोलेसन बेड खाली नभएकाले चितवन पठाउनु परेको डा खनाल बताउँछन् । भन्छन्, “स्वास्थ्यकर्मीसमेत त्रासमा रहेकाले बिरामीको समयमै उपचार हुन सकेन ।” सरकारले कोरोनाको उपचारका लागि तयारी गरेको दाबी गरे पनि प्रदेशका अस्पतालमा पर्याप्त मात्रामा आइसोलेसन कक्ष, आईसीयु, पीईई प्रोटोकल र दक्ष जनशक्ति छैनन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वटा मात्रै आइसोलेसन बेड छन् । छुट्टाछुट्टै आइसोलेसन कक्ष हुनुपर्ने भनिए पनि ठाउँ अभावले एउटै कक्षमा सबै बिरामी राख्नु परेको डा खनाल सुनाउँछन् । “सामान्य रुघाखोकीमा पनि अस्पताल धाउने बिरामीलाई काउन्सिलिङ आवश्यक छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...