शुक्लाफाँटामा बाघ ढालेपछि
पदमा बसेर चुनाव गराउनुहुन्न भन्ने राजा महेन्द्रका साथै मेरो पनि मान्यताका कारण विसं २०२६ मा पहिलोपटक प्रधानमन्त्रीको पदबाट एक वर्षमै हटेँ।

यसै समयको कुरा हो। राजदरबारमा आयोजित एक रात्रिभोजमा सरकि हुने क्रममा राजा महेन्द्रसँग व्यक्तिगत कुराकानी हुँदा मैले आफ्नो बैठक कक्षमा बाघको छाला सजाउने इच्छा भएको कुरा व्यक्त गरेँ। राजाले 'अरूले मारेको बाघको छाला कहाँ पाइन्छ? त्यसका लागि त आफैँ सिकार गर्नुपर्छ' भन्ने जवाफ दिए। उपस्िथत सबैलेे सुन्ने गरी राजा महेन्द्रले मलाई थपथपाउँदै भने, "ए कीर्तिनिधि ! तिमी त अलच्छिना रे नि ! तिमी मसँग सँगै गएकाले मलाई हर्टअट्याक भयो रे ! म फेर िसिकार खेल्न जाँदै छु, तिमी पनि हिँड। धीरेन्द्रहरूसँग तिमी आऊ है।"
राजा महेन्द्र सिकार खेल्न गएका बेला भएको हृदयाघातको प्रसंगलाई लिएर दरबारभित्रैका मेरा विरोधीहरूले अनेक हल्ला चलाएका थिए। यहाँसम्म कि 'कीर्तिनिधि विष्ट अलच्छिना मान्छे रहेछ, त्यो मान्छे राजासँग गएकाले राजालाई हृदयाघात भयो' भन्नेसम्मका प्रचारबाजी गररिहेका थिए। एक कान, दुई कान, मैदान हुँदै त्यो कुरा राजाका कानसम्म पनि पुगेको रहेछ। राजाकै मुखबाट यस्तो कुरा सुनेपछि मेरा आँसु छचल्किए।
हामी शुक्लाफाँटा पुग्दा राजा महेन्द्रको सिकार अभियान चलिरहेको थियो। सिकारका लागि सेतो कपडाले जंंगललाई घेराबन्दी गरएिको थियो। सिकार खेल्ने तरकिाका बारेमा धेरै कुरा मैले त्यही बेला थाहा पाएको हुँ। राजा महेन्द्रले मैले सिकार खेल्न जानेको छु कि छैन भन्ने कुरा त्यहीँ परीक्षण गरे। रूखमा लगाइएको चिनोमा त्यहाँ सही निसाना लगाए मात्र परीक्षामा उत्तीर्ण हुने बताए। मैले आफ्नो बाह्राबोर बन्दुकबाट निसाना साधेँ। संयोग, निसाना ठीक ठाउँमै लाग्यो। राजा महेन्द्रबाट म उत्तीर्ण भएको घोषणा भयो। यसरी राजा महेन्द्रले लिएको सिकार खेल्ने परीक्षामा पास भएपछि मलाई सेतो कपडाले घेरएिको क्षेत्रभित्र प्रवेश गराइयो। राजारानी बाहिरै बसे।
सिकारका लागि तयार गरएिको मचानमा गएँ। मचानमा अधिराजकुमार हिमालय पनि थिए। केही समयको प्रतीक्षापछि बाघ पहराहरूको सहयोगमा घेराभित्र पस्यो। बाघ देखेपछि त्यसलाई गोली हान्न म ज्यादै उत्साहित भएँ, चञ्चल भएँ। मैले पहिलो गोली दाग्नासाथ बाघ ठाउँको ठाउँ ढल्यो। राजाले घेराबाहिरबाट भित्र आएर मलाई धाप मारे। अधिराजकुमारहरूले बधाई दिए। त्यसपछि राजारानीकै इच्छा अनुसार आफूले मारेको बाघसँगै उभिएर सिकारीकै भेषमा मैले तस्िबर खिचाएँ। त्यस बेला सिकार खेल्दा लगाइने कपडा मैले प|mान्सबाट ल्याएको थिएँ। त्यस्तो अविस्मरणीय क्षणलाई कैद गरएिको तस्बिर एक प्रति मैले हस्ताक्षर गरेर राजालाई टक्र्याएको थिएँ र एक प्रति आफूसँग राखेको थिएँ । तर, त्यस तस्िबरका साथै अन्य महत्त्वपूर्ण तस्बिरहरू गायब भएकामा मलाई अहिले पनि थकथकी लाग्छ।
१ वैशाख ०२८ मा दोस्रोपटक प्रधानमन्त्री भएँ। तर, रामराजाप्रसाद सिंहको घटनापछि राजीनामा दिने मन बनाएँ। सिंह राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर आएपछि पनि राजसंस्थाविरुद्धका गतिविधिमा निकै सक्रिय भए। मार्सल लगाएरै उनलाई संसद्बाट निष्कासित गर्नुपर्ने अवस्थासमेत आयो। उनै सिंहका विषयलाई लिएर राजा महेन्द्रले वक्तव्यसमेत जारी गर्नुपर्यो। वक्तव्यमा सिंहका क्रियाकलाप समाधान गर्न नसकेको भनेर प्रधानमन्त्रीमाथि आक्षेप लागेको मलाई महसुस भयो। त्यसपछि मैले राजीनामा दिने मन बनाएँ।
मलाई राजदरबारबाट बोलावट आयो। राजालाई भेटेँ र केही कुराकानीपछि राजीनामाको पत्र बुझाउँदै भनेँ, "सरकारको ममाथि विश्वास छैन भने मैले यस पदमा बस्न मिल्दैन। ममाथि शंका र आक्षेप लागेपछि नैतिकताका आधारमा यस पदमा बसिरहन उचित लागेन। तसर्थ, राजीनामा चढाएको छु।" राजा महेन्द्रले आफ्ना कुरा राख्दै भनेका थिए, "तिमीलाई मैले शंका गरेको छैन। आइन्दा यसरी स-साना कुरामा राजीनामा दिने काम नगर। तिमीले पटक-पटक राजीनामा दिने र मैले तिमीलाई नै थमौती गररिहँदा अरू कोही व्यक्ति नपाएको जस्तो हुन्छ। जुन बेला मैले तिमीलाई छोडुँला, तिमीले पनि मलाई छोड्नू।"
राजाको यस्तो कुराले मलाई ज्यादै छोयो। राजदरबारबाट आफ्नो मोटरमा चढी फर्किन लाग्दै थिएँ, जनरल शेरबहादुर मल्लले रोकिहाले। राजाबाट मैले शुक्लाफाँटामा मारेको बाघको छाला मेरो कारको पछाडि राख्न आदेश भएको रहेछ। म ज्यादै खुसी भएँ। त्यही बाघको छाला अहिले पनि मेरो बैठक कक्षमा झुन्डिएको छ ।
प्रस्तुति: ईश्वरी ज्ञवाली