सूर्यबहादुरलाई जेल
विसं २०२५ मा प्रधानमन्त्रीबाट हटेलगत्तै नेपाली समाजमा सूर्यबहादुर थापा एक प्रकारको विद्रोहीका रूपमा प्रस्तुत भए।

३१ वैशाख ०२९ को कुरा हो। राजा र मेरै सरकारको विरोधमा द्वैध शासनको कुरा गर्दै 'जनताप्रति उत्तरदायी सरकारको गठन गर्नुपर्ने'जस्ता १३ वटा माग लिएर उनी सडकमा उत्रिए। यिनै मागहरू उठाएर काठमाडौँको इटुम्बहालमा उनले चर्को भाषण गरे। सक्रिय राजतन्त्रका बेला राजाको भूमिका शून्य थियो भनेर त म भन्न सक्दिनँ। तर, राज्य व्यवस्था सञ्चालनको महत्त्वपूर्ण अवसर पाएको व्यक्तिले पदबाट बाहिरनिासाथ त्यस किसिमको अभिव्यक्ति दिनु र दोषारोपण गर्नु पटक्कै सुहाउने कुरा थिएन। उनले दिएको अभिव्यक्ति सही थिएन, तथ्यहीन र भ्रामक मात्र थियो। पद र जिम्मेवारीबाट बाहिरँिदाको एक प्रकारको पीडा र आक्रोश थियो त्यो।
मैले तुरुन्तै प्रधानमन्त्रीको हैसियतले गृहमन्त्री जोगमेहर श्रेष्ठलाई मध्यरातमै भए पनि सूर्यबहादुर थापालाई तुरुन्त गिरफ्तार गर्नू भनेर निर्देशन दिएँ। त्यस बेला मैले त्यही गर्नु उचित ठानेँ। अहिले पनि मलाई त्यस कुरामा कुनै पछुतो छैन। उनलाई गिरफ्तार गरेर जेल पठाउनुमा म नै जिम्मेवार हो। त्यसको जस-अपजसको सबै जिम्मेवारी मैले नै बोक्नुपर्छ। राजा वीरेन्द्र सायद थापालाई थुन्नुपर्छ भन्ने पक्षमा थिएनन्। किनभने, भर्खर राज्यारोहण गरेका राजा पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जेल हाल्दा उत्पन्न हुन सक्ने परण्िाामबाट सचेत पनि थिए। तर, थापाको व्यवहार मलाई पटक्कै चित्त बुझेन। मैले राजालाई एक वचन पनि नसोधी सीधै थुन्न निर्देशन दिएँ। र, अर्को दिन राजालाई त्यस कुराको जानकारी गराएँ।
थापा जेल परेपछि उनले त्यहाँ एउटा नाटक मञ्चन गरे, अनशन बसेर। त्यही जेलमा रहेका डिल्लीरमण रेग्मीसहित नेपाली कांग्रेसका धेरै नेताहरूले उनलाई समर्थन गरे। सायद कांग्रेसहरू पनि त्यस अवसरलाई उपयोग गर्न चाहन्थे। जेलभित्र कांग्रेसको समर्थन पाएपछि थापाको हौसला बुलन्द भयो। उनी अनेक हर्कत गरेर जेलभित्रै रहे पनि चर्चामा आइरहे। कहिले होम गरेर त कहिले उट्पट्याङ कुरा गरेर। साथसाथै, जेलबाट उनलाई रहिा गर्न अनेक खालका दबाब पनि आए। तर मलाई ती कुराले छोएन। मैले कुनै हालतमा पनि रहिा नगर्न निर्देशन दिएँ।
एक समय पञ्चायत र पञ्चायती प्रशासनमा ज्यादै ठूलो प्रभाव थियो थापाको। त्यो प्रभावको कति ठाउँमा सदुपयोग भयो र कति ठाउँमा दुरूपयोग भयो, म भन्न चाहन्नँ। तर, प्रशासनमा उनको प्रभाव शक्तिशाली थियो। जो बेलाबेला उजागर पनि हुन्थ्यो। उनी जेल पर्दा पनि त्यो मुखरति भएर आएको थियो।
हामीले त पञ्चायतमा राजा महेन्द्रको नेतृत्वमा सँगसँगै काम गरेका थियौँ। उनी पनि तिनै राजाद्वारा नियुक्त प्रधानमन्त्री थिए। तर, सत्तामा बसुन्जेल राजभक्ति दर्शाउने र सत्ताबाट बाहिरनिे बित्तिकै सिद्धान्तका कुरा गर्ने प्रवृत्ति देखाए उनले। त्यस बेलाको उनका गतिविधिलाई सहेको भए पञ्चहरूमा समेत अनुचित सन्देश जान्थ्यो। यसलाई रोक्नुपर्छ भनेरै मैले उनलाई गिरफ्तार गर्न निर्देशन दिएको हुँ। कुरा यत्ति हो।
कतिपय मानिसहरू 'राजाले भनेर कीर्तिनिधिले सूर्यबहादुरलाई जेल हाले' पनि भन्छन्। त्यो गलत कुरा हो। प्रधानमन्त्रीको हैसियतले नै मैले थापालाई जेल हालेको हुँ। उनलाई जेल हाल्नैपर्ने थियो वा थिएन, त्यो बेग्लै बहसको कुरा हो। अर्कोतर्फ, जेल परेपछि सूर्यबहादुरको छवि कस्तो बन्यो भन्ने कुरा पनि बहसकै विषय होला। तर, पञ्चायतभित्रै रहेर निहित स्वार्थले अभिप्रेरति भई दरबार र सरकारको विरोध गर्नु उचित थिएन, त्यसैको सजायस्वरूप उनले त्यो दण्ड पाएका हुन्। उनलाई ताडना दिने, दुःख दिने, सताउने, स्वाहा पार्ने भन्ने उद्देश्यले मैले उनलाई थुनेको होइन। उनी सही बाटोमा हिँडून् भन्ने मात्र मेरो कामना थियो। उनलाई आफ्ना गल्ती सच्याउने अवसर र मौका प्रदान गर्नुपर्छ भनेर मात्र जेल हालेको हुँ।
करबि १४ महिना यसरी जेल बसेर रहिा भएपछि सूर्यबहादुर थापाको 'द्व्रैध शासन'को मुद्दा हराएर गयो । ०३६ सालको जनमतसंग्रहमा पञ्चायतलाई जिताएर त्यसैको पुरस्कारस्वरूप पुनः प्रधानमन्त्री भए। र, आफूलाई पञ्चायतकै धरोहरका रूपमा उभ्याउने चेष्टा गररिहे। गररिहेका छन्।
प्रस्तुति: ईश्वरी ज्ञवाली