शान्ति सहरको सपना
जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार पारेको 'बुद्ध क्षेत्र' प्रारूपलाई नबिगारीकन अहिले कोरियाली वास्तुकलाविद् क्वाक युङ हुनले '

र
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले आफूलाई जिम्मा दिए अनुरूप तयार पारेको गुरुयोजनाका बारेमा क्वाक १३ साउनमा भन्दै थिए, 'गुरुयोजना बनाउने क्रममा मात्रै होइन, म तपाईंहरूसँग हिलो-धूलोमा सँगै बसेर काम गर्न तयार छु।" लुम्बिनीप्रतिको समर्पण र प्रतिबद्धता सुनेपछि क्वाकसँगै आएका अन्तर्राष्ट्रिय बुद्धिस्ट संस्था शाक्यमुनि बुद्ध फाउन्डेसनका निर्देशक लई सोउ खीले आँसु झार्दै एक्कासि क्वाकलाई अंकमाल गरे।
सन् १९९८ मा लुम्बिनीमा सम्पन्न प्रथम विश्व बौद्ध सम्मेलनमा लुम्बिनीलाई विश्व शान्ति सहरका रूपमा विकास गर्ने भनी पारित गरिएको घोषणापत्र अनुरूप क्वाकले झन्डै दुई वर्षअघिदेखि गुरुयोजना बनाउन थालेका हुन्। यसका लागि सन् २०१२ को जनवरीमा नेपालका अर्थसचिव र कोरियाली राजदूतबीच भएको सम्झौताले गुरुयोजना बनाउने जिम्मा कोइकालाई दिएको थियो।
हावर्ड विश्वविद्यालयका प्राध्यापकसमेत रहेका क्वाक विश्वमै प्रख्यात वास्तुकलाविद् तथा योजनाकार मानिन्छन्। उनी संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनका घनिष्ट मित्र पनि हुन्।
कमलको फूलको आकारमा कोरिएको उनको गुरुयोजना हालको लुम्बिनी विकास कोष क्षेत्रबाहिर २४ वर्गमाइलमा विस्तारित छ। लुम्बिनीको पाँच वर्ग माइलमा शान्ति सहर बनाउने र बाँकी क्षेत्रलाई कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजना उनको छ।
१ हजार १ सय ५५ बिघा क्षेत्रफललाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना क्षेत्रलाई क्वाकको गुरुयोजनाले छोएको छैन। टाँगेको गुरुयोजनालाई बीचमा राखेर वरपिरकिा ११ वटा गाविसलाई सातवटा कमलको फूलको आकारमा समेटेर बनाइएको शान्ति सहरको गुरुयोजना वातावरणमैत्री ढंगबाट नगर र ग्रामको संयोजन हुने गरी बनाइएको छ। गुरुयोजनामा लुम्बिनीवासीको आर्थिक समुन्नतिका कार्यक्रम समावेश गरी लुम्बिनी आउने विश्वका समस्त बौद्धमार्गी तथा पर्यटकसँग आधारित छ।
"गुरुयोजना कार्यान्वयन गर्दा वरपरका कुनै पनि मानव बस्ती विस्थापित हुनुपर्ने छैन, स्थानीयको घर-बस्तीलाई नै प्रयोग गरेर उनीहरूको आयका कार्यक्रम सञ्चालन हुनेछन्," योजनाकार क्वाकको तर्क छ, "स्थानीयको जीवनस्तर उकासिँदै जानुपर्छ, नत्र शान्तिको कुनै अर्थ छैन।" लुम्बिनी विकास कोषका लागि विसं ०३४ तिर जग्गा अधिग्रहण गरिँदा चार गाविसका स्थानीयले आफूले पसिना बगाउँदै हातमुख जोर्ने खेत र बसोवास गर्दै आएको घरसमेत छाडिदिएका थिए।
करिब ७६ अर्ब रुपियाँ लागतकोे उक्त गुरुयोजना सन् २०३० सम्म सम्पन्न भएपछि मात्र आफूले शान्तिको श्वास फेर्ने क्वाकको भनाइ छ।