धनीमानीको स्वतन्त्र पार्टी
नयाँ भूमिकाको खोजीमा विराटनगरबाट काठमाडौँ आएँरपूर्वप्रधानमन्त्री तुलसी गिरीका जेठाबुवा अर्थात् जनकपुरका ठूला जमिनदार गौरीनारायण
दाजुसँग दुई-तीनपटक हरशिमशेरको दरबार गएँ। तत्कालीन रानी रत्नका दाजु जनरल शम्भुशमशेरले एक किसिमले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए। उनले मलाई मन्त्रालयमा उपसचिवसरहको पदमा बसेर काम गर्न भने। त्यस बेला हरशिमशेरका कान्छा छोरा सुशीलशमशेर बीएमा राजनीतिशास्त्रमा अनुत्तीर्ण भएका रहेछन्। मैले उनलाई झन्डै दुई महिना ट्युसन पढाएँ।
त्यस बेला राजा महेन्द्रले भर्खर चुनाव घोषणा गरेका थिए। गौरीनारायणलाई ठट्टैठट्टामा भनेँ, 'डिट्ठा साहेब ! तपाईंका भतिजा कांग्रेसमा लागेका छन्। तपाईंसँग कुस्त सम्पत्ति छ। कम्युनिस्टहरू आफ्नो पार्टीलाई भोट दिन्छन्, कांग्रेसीहरू पनि त्यसै गर्लान्। तर, तपाईंहरू कुस्त सम्पत्तिवाल, कसलाई भोट दिनुहुन्छ?' उहाँलाई घत परेछ। उहाँले मेरो नाम नलिईकनै मोहनराज-तोयराज जोशी दाजुभाइ, खड्गबहादुर मल्ल, सरदार सोमप्रसाद उपाध्यायजस्ता ठूला जमिनदारसँग 'कसलाई भोट दिने' भनेर कुरा गर्नुभएछ।
वास्तवमा धनीहरूलाई ठूलो चिन्ता थियो, सम्पत्ति जोगाउने। डिट्ठा साहेबले मलाई एकाएक धनीमानीको एउटा भेलामा लिएर जानुभयो। भेलामा उहाँले 'तपाईंले भन्नुभएको कुराबारे छलफल गरौँ' भन्नुभयो। मैले पनि अदबका साथ आफ्ना कुरा राखेँ। त्यस बे ला राजाको छुट्टै पार्टी थिएन। राजावादीहरू स्वतन्त्र भनेरै बसिरहेका थिए। मैले भनेँ, 'तपाईंहरू जति पनि राजावादीहरू हुनुहुन्छ, एकजुट हुनुभयो भने राष्ट्रिय राजनीतिमा ठूलै महत्त्व हुन्छ। फेर,ि तपाईंको सम्पत्ति जोगाइदिने पार्टी त नेपालमा स्थापना भएकै छैन। अब भन्नूस् के गर्नुहुन्छ?'
सबै स्तब्ध भए। त्यसको एक महिनाभित्र सेतो दरबारमा काठमाडौँमा उपलब्ध झन्डै तीन सय जनाको भेला भयो। धार्मिक, स्वतन्त्र र राजावादी सबै शक्तिलाई समेटेर नयाँ पार्टी गठन गर्ने निर्णय भयो। त्यसका लागि महाधिवेशन आयोजक समितिको सचिवको जिम्मेवारी मलाई सुम्पियो। बागबजारमा केन्द्रीय कार्यालय खोलेर देशव्यापी प्रचार अभियान सुरु भयो। लमजुङका मदन शर्मालाई सम्पादक नियुक्त गरेर स्वतन्त्र नामक पत्रिका निकाल्यौँ र आफ्ना कुरा जनताका बीचमा लग्यौँ।
मलाई स्वतन्त्र पार्टीको विधान र दस्तावेज आदि लेखनमा नेपाली छात्र संघले बनारसमै आयोजना गरेको 'भावी नेपाल' शीर्षकको छलफलले मार्गदर्शन गरेको थियो। त्यसमा बीपी कोइराला र भरतशमशेर राणाका विचार ज्यादै उल्लेख्य थिए। त्यसै गरी, काठमाडौँमा टंकप्रसाद आचार्य र डा केआई (कुँवर इन्द्रजित) सिंहसँगको भेट अनि उहाँहरूसँगको राजनीतिक चर्चा-परचिर्चाले पनि राजनीतिक विचार निर्माणमा सघाउ पुर्याएको थियो।
लगत्तै, ११ साउन ०१४ मा केआई सिंह प्रधानमन्त्री भए। मुलुकका धनीमानीहरू आफ्नो सम्पत्तिलाई लिएर झन् डराउन थाले। यही मेसोमा राजा महेन्द्रका एडीसी शेरबहादुर मल्लसमेत मेरो सम्पर्कमा आए। हामीले वीरगन्जमा बन्द रहेको एउटा कपडा मिलको गोदाममा महाधिवेशन गर्याँै। तीन दिनसम्म चलेको त्यो महाधिवेशनको ७५ हजार रुपियाँ खर्च चार-पाँच जनाले बेहोरे। त्यो महाधिवेशनले विधिवत् रूपमा मलाई महामन्त्री चयन गर्यो।
बीपी कोइराला त्यस बेला त्रिपुरेश्वरस्थित तीन नम्बर गेस्ट हाउसमा बस्नुहुन्थ्यो। उहाँले मलाई लिन जिप पठाउनुभयो। "तपाईं त एकाएक राजनीतिमा सक्रिय हुन थाल्नुभएछ। तपाईं त मेरो पिताजीको स्कुलमा पढेको मान्छे !" बिहानको सादा नास्तापछि उहाँले राजनीतिक प्रसंग कोट्याउनुभयो, "तपाईंले अहिले जुन काम गररिहनुभएको छ, हामी त्यसैका विरुद्ध चलिरहेका छौँ। यो प्रयास देश, समाज र तपाईं-हामी सबैका निम्ति अहितकर छ। विकासका लागि सामाजिक व्यवस्था चाहिन्छ। तसर्थ, तपाईं तिनीहरूलाई अहिल्यै छाडिदिनूस्। राजनीति गर्ने हो भने नेपाली कांग्रेसमा लागेर काम गर्नूस्, होइन भने जिल्ला अदालतको न्यायाधीश हुनूस्।"
त्यसपछि मैले 'सान्दाजु ! यो अवस्थामा त मैले उनीहरूलाई छाडेँ भने धोका हुन्छ। एउटा प्रक्रियामा पुर्याउन दिनूस्, त्यसपछि जे गर्नुपर्छ गरौँला' भन्ने ढंगले कुरा राखेँ। अनि, उहाँले 'त्यसो भए तपाईंहरू कति सिटमा उम्मेदवार उठाउन चाहनुहुन्छ' भनेर सो ध्नुभयो। मैले २५ सिटमा उठाउने कुरा गरेँ। त्यसपछि उहाँले सूर्यप्रसाद उपाध्यायकहाँ गएर कुरा गरेर टुंग्याउन भन्नुभयो। म सरासर गैरीधारास्थित उपाध्याय निवास पुगेँ। उहाँले हामीले उठाउने उम्मेदवारको नाम माग्नुभयो, मैले दिएँ। त्यसपछि उहाँले भन्नुभयो, "२५ बाहेक सबै सिटमा स्वतन्त्रका तर्फबाट नेपाली कांग्रेसलाई सघाउनुपर्छ।" म यस कुरामा सहमत भई बाहिरिएँ। र, चुनावी अभियानका लागि विराटनगरतर्फ लागेँ ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...