पत्ता लाग्यो प्राचीन थलो
चार दशकअघि कपिलवस्तुस्थित राजा शुद्धोधनको दरबार तिलौराकोटको केही भागको मात्रै उत्खनन गरेर भारतीय पुरातत्त्वविद् देवला मित्राले उक्त भूमि बुद्धकालीन नभएको दाबी गरेर भाँडभैलो मच्चाइन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मासाङ्वो शेर्पाका अनुसार अहिले त्यस स्थललाई विश्व सम्पदामा सूचीकृत गर्न बृहत् रूपमा अध्ययन र उत्खनन गर्न लागिएको छ । यसका लागि टिमको नेतृत्व गर्दैर् छन्, कनिङ्घम ।
शेर्पाका अनुसार तिलौराकोटनजिकैको कुदानको उत्खनन र नवलपरासीस्थित रामग्रामको पनि जमिनमुनिको भौगोलिक संरचनाको सर्भे हुनेछ । रामग्राम बुद्धको अस्तुधातु राखिएको आठ स्थानमध्ये एक हो ।
बुद्धले भिक्षु भएपछि कपिलवस्तु आउँदा पहिलोपटक बुबा राजा शुद्धोधन र छोरा राहुलसँग भेटेको स्थान हो, कुदान । आफू भिक्षु भएपछि दरबारमा नजाने बुद्धले बताएपछि राजा शुद्धोधनले बुद्धलाई भेट्न बनाएको विहारको भग्नावशेष कुदानमा छ । कुदानमै बुद्धले छोरा राहुललाई पनि भिक्षु बनाएका थिए ।
जापानिज फन्ड इन ट्रस्ट -जिफिट) परयिोजना अन्तर्गत दोस्रो चरणमा उत्खनन र सर्भे हुन लागेको हो । युनेेस्कोमार्फत सञ्चालित यस परियोजना अन्तर्गत सन् २०१० देखि २०१३ सम्मको पहिलो चरणमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरको उत्खनन, तिलौराकोट दरबार क्षेत्रको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य स्थलको संरक्षण र संवर्द्धनका काम भएका थिए ।
सन् २०१४ देखि २०१६ सम्म कार्यान्वयन हुने परियोजनाको दोस्रो चरणमा अध्ययन, उत्खनन र सर्भेबाहेक मायादेवी मन्दिर परिसरका भग्नावशेष, अन्य पुरातात्त्विक स्थलको संरक्षण र वरिपरि उत्पन्न हुने प्रदूषणले अशोक स्तम्भलाई पार्ने असरका बारेमा इटालीका रसायनशास्त्री म्युचीले अध्ययन गर्ने लुम्बिनी विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराई बताउँछन् । भट्टराईका अनुसार लुम्बिनी गुरुयोजनाको पुनरावलोकन गर्ने बारेमा र लुम्बिनी, देवदह, रामग्रामलगायत बुद्ध सर्किटमा रहेका सबै स्थललाई समे टेर ती स्थलको विकास कसरी गर्ने भन्ने बारेमा टोकियो विश्वविद्यालयका प्राध्यापक युकिओ निसिमुराले एउटा प्रारूप तयार पार्नेछन् । यो चरणको योजना करिब आठ लाख अमेरिकी डलरको हुनेछ ।
युनेस्कोको परामर्शदाता काइजेले एकीकृत व्यवस्थापन योजना तयार गर्दै छ । यस योजना अन्तर्गत पुरातात्त्विक स्थलमा के गर्न हुने, के नहुने, सबै कामका लागि कसरी समन्वय गर्ने, कुन कामका लागि कुन निकाय जिम्मेवार हुने भन्नेबारे प्रतिवेदन तयार हुनेछ ।
परियोजनाको पहिलो चरणमा कनिङ्घमले लुम्बिनी र तिलौराकोट इसापूर्व १३औँ शताब्दीकालीन भएको पत्ता लगाएका थिए । बुद्धको जन्म इसापूर्व ६ सय २३ मा भएको थियो । "ती स्थल बुद्धभन्दा सात यस वर्ष पुरानो भन्ने पुष्टि कनिङ्घमले गरेको उत्खननबाट भएको छ," इन्जिनियर भट्टराई भन्छन् ।
सन् १९६२ मा तिलौराकोट दरबार क्षेत्रको उत्तरतर्फको पर्खालको एक छेउमा मात्रै भारतीय पुरातत्त्वविद् देवला मित्राले उत्खनन गरेकी थिइन्। उनले उक्त क्षेत्र बुद्धकालीन नभएको बताएपछि विवाद उब्जिएको थियो । यही अवस्थामा भारतले कपिलवस्तुसँगै सिमाना जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको पिपरहवा र गनवरिया क्षेत्रलाई प्राचीन कपिलवस्तु भएको दाबी गर्दै आएको छ ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...