इन्दिरा गान्धीलाई भक्तपुर घुमाउँदा
राजा महेन्द्रको शासनकालको अन्त्यतिर मुलुकमा 'कम्युनिज्म'को डर उच्च थियो। कोदारी राजमार्गको निर्माण सम्पन्न भइसकेको र प्रधानमन्त्री कीर्तिनिधि
इतिहासमा अत्यन्तै रुचि राख्ने नेतामा पर्थिन्गान्धी। नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनले भक्तपुर सहरको वास्तुकला अवलोकन गर्ने इच्छा गरेकाले भारतीय प्रधानमन्त्री कार्यालयले नै हाम्रो विभागलाई पत्र पठाएको थियो। पुरातत्त्व विभागले उनलाई भक्तपुर घुमाउने जिम्मेवारी मलाई सुम्पियो। काठमाडौँ, ललितपुर र भक्तपुरमध्ये भक्तपुर ऐतिहासिक र पुरातात्त्विकका दृष्टिले कम विनाश भएको सहर मानिन्थ्यो। प्राचीन मल्ल नगरका रूपमा भक्तपुरकै चिनारी बाँकी थियो।
मूर्तिकलाका दृष्टिले देउपाटन, बलम्बु, कीर्तिपुर र लिच्छवि कलाका धेरै संरचना काठमाडौँमा बाँकी छन्। तर, दुर्भाग्य ! देखाउनका लागि लिच्छविकालीन कुनै पनि वास्तु चाहे त्यो दरबार या मन्दिर, हामीसँग केही सुरक्षित छैनन्। खालि ढुंगेधारा र केही ताल-पोखरीबाहेक सबै धराशयी भएका छन्। तर, वास्तुकलाका द ृष्टिले भक्तपुर अद्वितीय छ। जति पनि पाटी, पौवा, मन्दिर, स्तुप देखिन्छन्, सबै मल्लकालीन अवशेष हुन्। भक्तपुरले यस्ता धेरै कुरा संरक्षण गरेर राखेको छ। मल्लकालीन काष्ठकलाका सर्वोत्तम नमुना अद्यापि त्यहाँ देख्न पाइन्छ।
भक्तपुर नगर सुरक्षाका निम्ति पुरातत्त्व विभागको भूमिका ठूलो छ। यसका निम्ति जर्मनीले ठूलो सहयोग गरेको छ। झन्डै वाषिर्क दुई करोड जर्मन सहयोग र नेपाल सरकारको एक करोडको सहयोगमा भक्तपुर नगर परयिोजना सञ्चालित थियो। मैले पनि भक्तपुरमा यस परयिोजना अन्तर्गत रहेर काम गरेँ। फोहरको कुरा गरसिाध्य थिएन। त्यस बेला पनि भक्तपुरवासीमा चर्पी बनायो भने देउता भाग्छन् भन्ने मान्यता थियो। तर, त्यही भक्तपुर अहिले सरसफाइका लागि नमुना भएको छ।
केही समय मुलुकको राजधानीका रूपमा पनि भक्तपुर सहर प्रख्यात थियो। मल्लकालीन राजा आनन्ददेवले त्यहीँबाट मुलुकको शासन गरेका थिए। विशालनगर, हनुमानढोका-लगन क्षेत्र हुँदै पाटन पुगेको राजधानी बाह्रौँ शताब्दीमा भक्तपुर सरेको थियो। लिच्छवि शासनकाल धराशयी भएपछिको संक्रमणकालीन अवस्थामा भक्तपुर राजधानी बनेको थियो। राजा धर्म मल्लले आफ्ना छोराहरूलाई तीन सहर बाँडिदिएपछि छुट्टै राज्यका रूपमा भक्तपुरको अस्तित्व कायम भएको थियो।
भक्तपुरको वास्तुकलामा सिम्रौनगढको ठूलो प्रभाव छ। सबैभन्दा धेरै तराईका मानिसलाई ल्याएर बसोवास गराउने काम पनि भक्तपुरले गरेको छ। सिम्रौनगढको नगर वास्तु भक्तपुरसँग हुबहु मिल्छ। १३ वटा द्वार, पर्खालहरूले घेरएिको राजदरबार, नगर क्षेत्र, काठका खाँबा आदि। सिम्रौनगढका राजाले भक्तपुर सहरलाई जो ड्न भक्तपुर-बनेपा-सिन्धुली हुँदै बाटो बनाएको इतिहास छ। तीनै सहरका मानिस आफ्ना पितृको अस्थिकलश लिएर त्यही बाटो भएर पटना, बोधगया, काशी जाने गरेको पाइन्छ। यस्ता धेरै महत्त्व बोकेको भक्तपुरको गरमिा र महत्त्व इन्दिरा गान्धीले थाहा नपाउने कुरै भएन।
भक्तपुरमा कम्युनिस्टको प्रभाव राम्रै थियो। त्यसमा पनि नारायणमान विजुक्छे 'रोहित'को प्रभाव चर्को थियो, छ। वाग्मती अञ्चलाधीश तेजबहादुर प्रसाईंका साथ हामी एउटा जिपमा र भारी सुरक्षा बन्दोबस्तीका साथ श्रीमती गान्धी आफ्नो बुलेटप्रुफ गाडीमा काठमाडौँबाट भक्तपुरतर्फ लागेका थियौँ। भक्तपुरका नगर क्षेत्रमा तीन जोन (दरबार, न्यातपोल र ततपाल क्षेत्र) घुमाउने अभिप्रायले मैले कार्यक्रम सुनाएँ। भारतमा लगभग समाप्त पारएिको हिन्दु वास्तुकला नेपालमा विद्यमान रहेकाले पनि उनले त्यो हेर्न विशेष रुचि लिएको मैले बुझेको थिएँ।
सबैभन्दा पहिले हामी भक्तपुरको दरबार क्षेत्र पुगेका थियौँ। प्राचीन पचपन्नझ्याले दरबार, तलेजु भगवती, तुलजाको मन्दिर आदिका विशेषताका बारेमा केही कुरा बताएपछि भूपतीन्द्र मल्लको सालिकका बारेमा जानकारी गराएको थिएँ। त्यसपछि हामी न्यातपोलतर्फ लागेका थियौँ। दरबार क्षेत्र घुमेपछि इन्दिरा गान्धीले सोधेकी थिइन्, 'यहाँबाट न्यातपोल क्षेत्र कत्तिको दूरीमा छ?' पैदल करबि पाँच मिनेटको दूरीमा रहेको जानकारी गराएपछि पैदल नै त्यहाँसम्म जाने कुरा गरेकी थिइन्। तर, उनको सुरक्षा टोलीले पैदल जाने अनुमति दिएन। रोहितको पार्टीको प्रभाव क्षेत्र भएकाले हामी त्यहाँबाट गाडीमै न्यातपोल क्षेत्र पुगेका थियौँ।
भक्तपुरको विशेषता भनेकै न्यातपोल क्षेत्र हो। भूपतीन्द्र मल्लले निर्माण गरेको न्यातपोलका बारेमा जानकारी गराउने क्रममा त्यसको निर्माण क्रममा कति कालिगढ प्रयोग भएका थिए र के-कस्ता कालिगढ झिकाइएको थियो भन्नेबारेमा विस्तारमा चर्चा गरेको थिएँ। न्यातपोलको निर्माणमा सेनाको भूमिकाका बारेमा कुरा गर्दा गान्धीले बढो अभिरुचिपूर्वक सुनिन्। न्यातपोलको निर्माण कार्यमा संलग्न हरेक व्यक्तिलाई भूपतीन्द्र मल्लले एक-एकवटा चाँदीका बाला उपहार दिएको प्रसंग सुनाउँदा इन्दिरा गान्धी मुसुक्क हाँसेकी थिइन्। शासकहरूको मनोभावना त्यसले पनि झल्काउँथ्यो।
जवाहरलाल नेहरुबाट प्राप्त शिक्षा र इतिहासको अध्ययनले इन्दिरा गान्धीमा वास्तु र पुरातत्त्वको क्षेत्रमा रुचि रहेको मैले पाएँ। नेपालको वास्तुकलामा उनले देखाएको रुचि र चासो ज्यादै उच्चस्तरको थियो। बीचबीचमा प्रश्नोत्तरको शैलीमा उनले सोधेका प्रश्न मेरो मानसपटलमा अहिले पनि नाचिरहेका छन्। ततपाल अर्थात् पुजारीमठ क्षेत्रमा जाने अनुमति इन्दिराको सुरक्षा टोलीले दिएन। त्यसपछि हामी काठमाडौँ फर्कियौँ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...