गौर घटना, जहाँ ११ जना मारिए
नेपाली कांग्रेसको १० र ११ असोज २००७ मा बैरगनियाको रेल्वे स्टेसनदेखि दक्षिणतर्फ रहेको एउटा राइस मिलको गोदामघरमा सम्पन्न अधिवेशनले विधिवत्
यसै पृष्ठभूमिमा मुक्ति सेनाका जवानले वीरगन्ज कब्जा गरी देशव्यापी क्रान्तिको बिगुल फुकिरहेका थिए । रक्सौलमा होराप्रसाद जोशी, बैरगनियामा शुभंस राय र सुन्दरपुर क्याम्पबाट गणेशमान सिंह, तुलसीलाल अमात्य र बाबुराम बरालजस्ता नेताको निर्देशनमा मुक्तिसेनाका जवान क्रान्तिमा होमिएका थिए । यसै सिलसिलामा हामी रौतहटका गाउँगाउँमा नेपाली कांग्रेसको झन्डा लिएर हिँड्यौँ । जनतालाई जागरुक बनायौँ र आन्दोलनका निम्ति मैदानमा उत्रिन आह्वान गर्यौँ ।
वीरगन्ज गोश्वाराका नायब सुब्बा शम्भुप्रसाद ज्ञवाली, जो कानुनका पनि ठूला ज्ञाता हुनुहुन्थ्यो, लाई काजमा गौरको अपिल अड्डामा खटाइएको थियो । उहाँ पढेलेखेका, विद्वान् र सज्जन हुनुहुन्थ्यो । त्यसपूर्व गौर हाई स्कुलको सचिव भएर काम गर्दा सामाजिक कार्यकर्ताका रूपमा हामीहरूसँग उहाँको ज्यादै नजिकको घनिष्ठ सम्बन्ध हुन पुगेको थियो ।
क्रान्तिकालमा वीरगन्जमा धेरै मानिसको मृत्यु भएको र घाइतेको संख्या पनि उल्लेख्य रहेकाले ज्ञवालीजीले हामीसँग शान्तिपूर्ण ढंगले आन्दोलनमा उत्रिन र झन्डा गाडेर शान्तिपूर्ण रूपमै जुलुसलाई फिर्ता लिएर जान सल्लाह दिनुभएको थियो । त्यस कुरालाई हामी क्रान्तिमा उत्रिएका सबैले मन्जुर गर्यौँ । हाम्रो त्यस आन्दोलनको प्रत्यक्ष अगुवाइ ब्रह्मपुरी गाउँका शिवप्रसाद सिंहले गर्नुभएको थियो । हामी आन्दोलन शान्तिपूर्ण ढंगले गर्ने निर्णय गरी अगाडि बढ्यौँ ।
२ मंसिरमा गौरमा विशाल जनसभाको आयोजना गरयिो । सभालाई जिल्लास्तरीय नेताहरूले सम्बोधन गरेका थिए । त्यसपछि जुलुसको नेतृत्व गर्नुभएका सिंहका साथ हामी नारा लगाउँदै भन्सार अड्डासम्म पुग्यौँ र झन्डा गाड्यौँ । त्यहाँबाट फर्केर गौर अमिनी र थानामा पुगी त्यहाँ पनि नेपाली कांग्रेसको झन्डा फरफरायौँ । त्यसपछि जुलुसको अग्रभागमा रहेका हामीलाई पनि पछि पार्दै केही मानिस माल अड्डातिर ग्वारग्वार्ती अघि बढे । जुलुसका नेतृत्वकर्ता सिंहका साथ हामी पनि केही अघि बढ्यौँ । हाम्रो कार्यक्रम त्यतातिर बढ्ने छँदै थिएन । मलाई जहाँसम्म अन्दाज छ, हामीलाई पनि पछि पारेर माल अड्डातिर बढ्नेमा कार्यकर्ताभन्दा मौकाको फाइदा उठाउनेहरू धेरै थिए । उनीहरूको उद्देश्य झन्डा गाड्नेभन्दा पनि माल अड्डा लुुट्ने थियो जस्तो लाग्छ ।
गौरमा धान खरदि गरी काठमाडौँमा चामल पठाउने कार्यालयमा खटिएकाले नासु भुवनेश्वर मुडवरीलाई गौरमा धानकाजका सुब्बाका नामले चिनिथ्यो । उनकै सल्लाहमा सेनाका कर्णेल गगनशमशेर राणाको आदेशमा माल अड्डाबाट एक्कासि गोली चलाइयो । जुलुसलाई उछिनेर अघि बढेका मानिस पहिलो निसाना बने । त्यसपछि हामीसँगैसँगै हातेमालो गरेर अघि बढेका र जुलुसको नेतृत्व गरेका शिवप्रसादलाई पनि गोली लाग्यो र मृत्यु भयो । त्यसपछि त भागाभाग नै मच्चियो । सेनाले भाग्दै गरेका सर्वसाधारणमाथि पनि अन्धाधुन्ध किसिमले गोली बर्सायो । त्यस क्रममा झन्डै ११ जनाको ज्यान गयो भने ३२ जना गम्भीर घाइते भए । मृत्यु हुनेमा बहुसंंख्यक भारतीय थिए । भारत सरकारले नेपाली कांग्रेसलाई एउटा डिजेल गाडी उपलब्ध गराएको थियो, जसलाई हामीले बैरगनियामा राखेका थियौँ । त्यही गाडीमा भारतको लहेरिया सरायतर्फ लगेर घाइतेको उपचार गरायौँ ।
गौर घटनापछि सामथ्र्यबहादुर, हिक्मतबहादुर, दार्जीलिङका सैनिक पृष्ठभूमिका एक जवान र अन्य केही अगुवा कार्यकर्ताको बैठक बसी अब क्रान्तिको स्वरूप नफेरएि हामी सफल हुन सक्दैनौँ भन्ने निष्कर्ष निकालियो र हतियारबन्द आन्दोलन सुरु गर्ने निर्णय गर्यौँ । त्यसै निर्णय अनुसार मेरा दाजु मणिराज भण्डारी सैनिक पृष्ठभूमिका ती दार्जीलिङे जवान लिएर हतियार लिन पटना जानुभयो र सशस्त्र आन्दोलनका सुपि्रम कमान्डर मातृकाप्रसाद कोइरालालाई भेट्नुभयो । तर, मातृकाबाबुले हतियार दिन इन्कार गर्नुभयो । त्यसपछि उहाँहरूले बीपी कोइरालालाई भेटी गौरको वस्तुस्थिति अवगत गराउँदै हतियारको माग गर्नुभएछ । बीपीले उल्लेख्य मात्रामा हतियार नभएको भन्दै एक थान राइफल, एक भरुवा बन्दुक र एउटा स्टेनगन दिई पटनाकै पुलिस इन्स्पेक्टरको साथ लगाएर सीमा पार गराइदिन लगाउनुभएछ ।
यसरी गौर भित्र्याइएका हतियारमध्ये स्टेनगन मैले बोकेँ, राइफल सैनिक पृष्ठभूमिका ती जवानले बोके भने भरुवा बन्दुक सामथ्र्य-हिक्मतबहादुरले जिम्मा लिए । २२ पुसका दिन धानकाजका तिनै सुब्बा भुवनेश्वर मुडवरी काम विशेषले वीरगन्जतर्फ जाँदै गर्दा बैरगनियाका मुक्तिसेनाका साथीहरूले देखेर उनलाई पक्राउ गरे । हातखुट्टा बाँधेर उनलाई बैरगनियाको हाम्रो क्याम्पमा बन्दी बनाइयो । त्यहाँबाट बैरगनियाको पश्चिमतर्फ रहेको चैनपुरको सुन्दरपुर क्याम्पमा लगियो । उनलाई बन्दी बनाएर धेरै दिन राख्न सक्ने अवस्था नभएकाले अब के गर्ने भनेर छलफल चलिरहेको थियो, दार्जीलिङका ती सैनिक जवानले राइफलबाट ड्याङ्ग गोली बर्साइहाले । मुडवरी त्यहीँ ठहरै भए । त्यसपछि उनको लासलाई हामीले नेपालतर्फ ल्याएर छोड्यौँ ।
ज्यान मारेको अभियोगमा चैनपुर पल्टनका नाममा मणिराज भण्डारी, लीलाराज उपाध्यायजस्ता केही व्यक्तिलाई किटान गरी ज्यानमुद्दा दायर भयो । तर, ००७ सालको क्रान्तिपछि अमिनी अड्डाले त्यस मुद्दालाई मुल्तबीमा राख्यो । तर, मुडवरीका परविारले तत्कालीन प्रधान न्यायालय, काठमाडौँमा निवेदन दिए, मुद्दा चल्यो । हरपि्रसाद प्रधानले प्रधान न्यायालयमा त्यस मुद्दाको उठान गरे । र, फैसला सुनाए कि आन्दोलनको चरण भनेको कठोर समय हो, युद्धमा मर्नु र मार्नुलाई ज्यानसम्बन्धी मुद्दा लाग्दैन ।
प्रधानको एउटै यस निर्णयले ००७ सालका आन्दोलनरत शक्ति र शासक दुवैले उन्मुक्ति पाए ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...