राजा महेन्द्रविरुद्ध लड्दा
विसं २०१७ मा संसदीय व्यवस्थामाथि धावा बोलेर संकटकाल लगाउँदै नागरकिका मौलिक हकहरू निलम्बन गरिए।
त्यो 'कू'पछि पक्राउ गरी जेल हालिएका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता बीपी कोइराला र गोरखा परिषद्का नेता भरतशमशेर जबराको व्यक्तिगत स्वतन्त्रता हनन भयो भनेर मैले ०१८ सालमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेँ। त्यस बेलाका कानुनविद्हरूका दृष्टिमा त्यो मुद्दा दायर हुनै सक्दैन भन्ने थियो। तर, मैले ००४ सालमा पद्मशमशेरले जारी गरेको व्यक्तिगत स्वतन्त्रता ऐन, जुन निष्क्रियप्राय: रहे पनि कानुनी रूपमा खारेज भएको थिएन, का आधारमा त्यो मुद्दा दर्ता गरेको थिएँ। यो मुद्दाले एउटा छुट्टै तरंग सिर्जना गर्यो। राजा महेन्द्रका विरुद्धमा खुला रूपमा को बोल्ने? त्यो साहस कसैमा थिएन। सबै मान्छेको भागाभाग थियो।
मैले मुद्दा हालेपछि त राजा महेन्द्र पनि तर्सिए। उनले आफ्ना विश्वासपात्र तुलसी गिरीलाई मलाई सम्झाउन अह्राएछन्। 'यो मान्छे निडर छ, जानेको छ तसर्थ उसले चाहेको पद दिनू' भनेर उनले तुलसी गिरीलाई सन्देश दिएर पठाएको कुरा पछि मैले थाहा पाएँ। गिरीले मलाई सम्झाउन तत्कालीन कानुन तथा न्याय र संसदीय प्रबन्ध मन्त्री अनिरुद्रप्रसाद सिंहलाई रोजेछन्। किनभने, सिंह मेरी दुलहीका पिता सुब्बा भगीरथ उपाध्यायका नजिकको सम्बन्धका व्यक्ति थिए। मुद्दा दर्तापछि काम विशेषले म कोलकाता गएको थिएँ। फर्किएर आउँदा सिंह तीनपटकसम्म बागबजारको हाम्रोे डेरामा आएको कुरा थाहा पाएँ। त्यसपछि म आफैँ उनलाई भेट्न गएँ। गिरीले मलाई प्रधान न्यायालयको न्यायाधीश बनाउने भनेका रहेछन्। मेरा लागि त्यो पद पछि प्रधानन्यायाधीशतर्फको यात्रा हुन्थ्यो। तर, मैले पद र प्रतिष्ठाभन्दा इमानदारी रोजेँ। तसर्थ, मैले बेलाबेला आफूलाई 'सुँगुरै हुन चाहेँ' भनेर लेख्ने गरेको छु।
०१८ सालको बन्दी प्रत्यक्षीकरणको त्यो मुद्दाले राजनीतिक क्षेत्रमा ठूलै हलचल मच्चायो। तर, 'राजकाज मुद्दामा परेका व्यक्ति बन्दी प्रत्यक्षीकरणका आधारमा मुक्त हुन सक्दैनन्' भनेर अदालतले त्यो मुद्दा खारेज गरिदियो। राजा महेन्द्रका चाकरीबाज न्यायमूर्तिहरूलाई भने यो मुद्दाले ठूलै झापड हान्यो। मुद्दा खारेज भए पनि त्यसको तरंग पछिसम्मै रह्यो। अदालतसम्म त्यो मुद्दा पुर्याउन सक्नु नै मेरा लागि सन्तोषको कुरा थियो।
राजा महेन्द्रविरुद्ध मुद्दाको अर्को प्रसंग पनि छ। ०२२ सालतिर राजा महेन्द्रले आफ्ना छोरीहरू र प्रज्ञा प्रतिष्ठान निर्माणका लागि भनेर इन्दुशमशेर जबराको हाल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान रहेको कम्पाउन्डभित्रको करबि दुई सय रोपनी जमिन किनेका रहेछन्। त्यति बेला त्यस जमिनमा झन्डै डेढ सय किसानले मो हीका रूपमा जग्गा कमाइरहेका थिए। राजाले त्यो जमिन किन्दा किसानले लगाएको बाली लहलहाएको थियो। राजाले त्यो जग्गा किनेपछि मोहीहरू बिचल्लीमा पर्ने भए। तीर्थमान ज्यापूलगायतका किसान रोइकराइ गर्दै आफ्नो मुद्दा लडेरै भए पनि मुआब्जा दिलाइदिन मकहाँ आए।
राजाले त्यो जमिन किनिसकेको मेरो जानकारीमा थियो। तर, मैले थाहा नपाएजस्तो गरेर इन्दुशमशेरकै नाममा निषेधाज्ञा मुद्दा दर्ता गराएँ। राजाले किनेको जमिनमा परेको मुद्दाले चर्चा नपाउने कुरै भएन। यो थाहा पाएपछि राजाले भर्खरै वाग्मती अञ्चलाधीशमा नियुक्त विष्णुमणि आचार्यलाई मसँग कुराकानी गरेर विवाद टुंगो लगाउन अह्राएछन्।
पश्चिम ३ नम्बर गोस्वाराका बडाहाकिम तेजबहादुर प्रसाईंकी काकीको जग्गासम्बन्धी एउटा मुद्दा मैले नै हेररिहेको थिएँ। त्यस बेला काठमाडौँ आउन र यहाँबाट बाहिरनि राहदानी लिनुपर्ने व्यवस्था थियो। मुद्दाका क्रममा उनले आफ्नी सानी छोरीलाई पनि काठमाडौँ ल्याएकी रहिछन्। ल्याउँदा त उनलाई सजिलै वीरगन्जले राहदानी दियो, फर्किंदा आफूले पाए पनि छोरीका लागि राहदानी लिन खरदारभन्दा माथिल्लो पदका सरकारी अधिकारीले सिफारसि गर्नुपथ्र्याे, त्यसको अभावमा उनी काठमाडौँबाट बाहिरनि पाएकी रहिनछन्। त्यो कुराको जानकारी पाएपछि म उनलाई लिएर वाग्मती अञ्चलाधीशको कार्यालय, डिल्लीबजार गएँ। आचार्य बडो 'फन्नी मुड'मा रहेछन्। 'भण्डारीजी रसबरी खाऊँ' भन्दै टेबलमा राखिदिए। मैले चूरो कुरा निकालेँ। उनले बडो सहजताका साथ राहदानी मिलाइदिन अह्राएपछि मसँग एकान्तमा कुराकानी गर्न चाहे। राजा महेन्द्रले 'उसले चाहेको पैसा दिनू, पहिले पनि यसले मसँग निहुँ खोज्यो, अहिले पनि सेखी गर्दै छ, तह लगाइदिनू' भनेर आचार्यमार्फत सन्देश पठाएका रहेछन्। अञ्चलाधीशबाट यस्तो कुरा थाहा पाएपछि म पनि झसंग भएँ।
फेरि मेरो मुद्दा कमजोर थियो। किनभने, भूमिसम्बन्धी ऐन, २०१४ ले कम्पाउन्ड-वालभित्रको जमिनमा मोही लाग्दैनथ्यो। तर, जोत र बाली किसानको भएकाले जग्गाधनीले मुआब्जा भने दिनुपथ्र्यो। किसानहरूलाई भेला गराएर यसबारे कुरा गर्दा प्रत्येक किसानले कम्तीमा साढे दुई हजार रुपियाँका दरले मुआब्जा पाउनुपर्ने भनेका थिए। मैले त्यही कुरा आचार्यलाई सुनाएँ।
इन्दुशमशेरका तर्फबाट झन्डै चार लाख रुपियाँ नगद जम्मा गरयिो। त्यसपछि किसानहरूलाई लिएर अञ्चलाधीश कार्यालयमा पुगी मिलापत्र गरायौँ। कागजपत्र मिलाउँदैमा त्यस दिन नगद बाँड्न सम्भव भएन। अनि, मैले नै अञ्चलाधीशलाई 'यो नगद यहीँ राख्नूस्, भोलिपल्ट वितरण गरौँला' भनेँ। उनले नगद कायार् लयकै सेफमा राखे। भोलिपल्ट किसानलाई लाइन लगाएर हामीले त्यो मुआब्जा वितरण गर्यौँ। आफूमाथि विश्वास गरी त्यत्रो रकम राख्न दिएकामा अञ्चलाधीश आचार्य मप्रति बढी नै अनुगृहीत थिए, अति नै खुसी भए।
यी दुई मुद्दाका कारण राजा महेन्द्रलाई म खुबै मान्छु। मैले उनका विरुद्धमा यसरी मुद्दा गरे पनि उनले मसँग कहिल्यै प्रतिशोधको भावना राखेनन्। सधैँ विद्वान्कै दर्जा दिइरहे। सम्मानित गररिहे।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...