हरियो घर र चिसोचिसो फ्यान्टा
बाको पेन्सन थाप्ने समय हामी भुराभुरीहरूलाई कुनै उत्सवजस्तो खुसीयाली लिएर आउँथ्यो।
"ए बुढिया, यसपालि भूपेलाई पोखरा घुमाउन मन लाछ। के भन्चौ तिमी?" एकदिन बाले आमासँग गजबको प्रस्ताव राखेको सुनेँ। आमाले पहिला त बासँग गुनासो गर्नुभो, "यी लुरे बूढाले पिन्सिङ बचाएर घराँ नल्याउने भए।" म चिसो भएँ। तर, एकछिन अन्तरमन्थन गरेपछि आमाको मन न हो, पग्लियो। बाको प्रस्ताव स्वीकृत भयो। यो मेरा लागि अनपेक्षति र महान् खुसीको कुरा थियो। म जिल परेँ।
तर, बाआमाको फैसला दीपिनका लागि मञ्जुर थिएन। उसको सीधा माग थियो, ऊ पनि पोखरा जान पाउनुपर्छ। तर, उसको मागमाथि गम्भीर सुनुवाइ भएन। ऊ दुःखी भयो, रोयो, करायो। उसको रुवाइले पनि बाआमाको फैसला नसच्चिने छनक पाएपछि उसले पिँढीका भाँडाकुँडालाई एक-दुई किक पनि ठोक्यो। कहिलेकाहीँ ङ्यारङुर र एक-दुई बाउट मुक्कामुक्की चले पनि ऊ मेरो निकै नजिकको साथी थियो। उसको दुःखले मलाई पनि दुःखी तुल्यायो।
मैले आमालाई दीपिनको सिफारसि गरििदन अनुरोध गरेँ। अहँ, आमाले फैसला परविर्तन गर्न मान्दै मान्नुभएन। क्यानाम् बूढाले सकेसम्म धेरै पिन्सिङ बचाएर ल्याऊन् भन्ने आमाको इच्छा थियो। ठूलो परविारका ठूल्ठूलै समस्या थिए र आमा कतिपय स्थितिमा यसरी कठोर हुनु अत्यावश्यक हुन्थ्यो। र, अन्त्यमा कठोर फैसला सुनाउनुभयो, "अघिल्लोपटक गंगा-जमुना गए। यसपालि बकुल्ली मात्र जान्च। अर्कोपटक बासँग पिन्सिङ बुझ्न जाने पालो तैँ गेडेको त हो नि! उमेर अन्सार जान परो नि दीपे। तँ चुप लाग है यसपालि।"
दीपिनलाई घरमा आफ्नो 'हायरार्की' बोधले साँच्चै चुप बनायो। हो त, काइँलाको पालो नआई कसरी कान्छाको पालो आउँछ? आमाको गृहनीति सफल भयो, दीपिनको रणनीति असफल।
बाको स-सानो झोला बोकेर फुरंग पर्दै म उहाँको अघिअघि किताबमा पढेको र त्यसको सुन्दरताबारे सुनेको भव्य पोखरा जान घरबाट निस्किएँ। वैशाख-जेठको गर्मी। ७ कक्षा पढ्दै गरेको एक बालकका खुट्टाहरू कालीगण्डकी, मोदी र मल्याङ्दी खोलाले निर्माण गरेका उकाली-ओराली नाप्दानाप्दा फतक्क गले। तर, पहिलोपटक पोखरा घुम्न पाउने उत्साहले मेरा सारा कष्ट नामेट भए। सबैभन्दा बढी पहिलोपटक बस देख्ने र चढ्ने उत्तेजनाले मलाई जुरुकजुरुक पाररिहेथ्यो। मध्य दिनमा बा र म पत्याराको उकालो चढेर कार्कीनेटा पुग्यौँ।
कार्कीनेटाका पूर्वपरििचत एक होटलमा लिएर जानुभो, जहाँ हामीले खाना खायौँ। होटल मालिक्नीले बासँग गरेको कुराकानी सुनेपछि मलाई लाग्यो- भारतीय सेनाबाट पेन्सन निस्कनुअघि नै बा त्यही होटलमा नियमित बस्ने/खाने गर्नुहुँदो रहेछ।
आँधीखोलालाई नागबेली घुम्दै सेतीदोभान काटेर नौडाँडाको उकालो उक्लँदै थियौँ, बा र म। नसोचेको मुसलधारे पानी बर्सिन थाल्यो। हामीसँग न ओड्ने छाता थियो, न ओत बस्ने कुनै घर वा पाटी। हरे, यो कस्तो आपत् आइलाग्यो? यात्राको लयमा कहाँबाट यो विसंगति? निथु्रक्क रुझ्दै नौडाँडा पुग्यौँ। ज्यानका कपडाहरू गह्रुँगा भए। जुत्ता भिज्यो। कट्टु भिजेर लागेको सिकसिकले मलाई निकै तनावमा पार्यो।
नौडाँडाको सडकमाथि भल बगिरहेको थियो र त्यसको धमिलो प्रवाहलाई चिर्दै बहुल आकारप्रकार र रंगका फुर्तिला जिनिसहरू सडकमा चिप्लिरहेका देखिन्थे। ती सडकछेउमा एकैछिन थामिन्थे, प्वाँप्वाँ पुँपुँ गर्थे र उत्तर-दक्षण्िातिर कुद्थे। मलाई भने ती जिनिस देखेपछि यो संसार साँच्चै गतिशील भइरहेको र विज्ञानको किताबमा पढेझैँ पृथ्वी घुमेको अनौठो भ्रम भइरहेको थियो। ती जिनिस हेर्दाहेर्दा मलाई रँिगटा नै लाग्लाझैँ भइरहेको थियो। हत्तेरकिा ! यति लामो समय त केवल जड र स्थिर भूमिमा पो बसिएको रहेछ। अहँ ! संसारको रफ्तार गाउँमा बसेर महसुस गर्न नसकिने रहेछ। मलाई यस्तै लागिरहेथ्यो। ट्वालट्वाल्ती धातुका चलायमान जिनिस हेर्न सम्मोहित मलाई बाले भन्नुभो, "ल छोरा, अब बस चढम्।" बस चढ्ने रे? उत्तेजनाले मेरो सास अझै फुलिरहेको महसुस गरेँ। अनि खोइ त बस? म अघिदेखि त्यही त पर्खिरहेथेँ।
तर, बाले भल बगिरहेको सडकमा अघिदेखि नै उभिइरहेको हरयिो रंगको एउटा सानो घरभित्र पो छिर्न भन्नुभो मलाई। बर्सादको पिटाइ खाएर जाडोले काँपिरहेको म पछिल्लो ढोकाबाट त्यो हरयिो घरभित्र छिरेँ। घरभित्र लस्करै मिलाएर राखिएका गद्दाका कुर्ची रहेछन्। बायाँ छेउका दुई आसनमा बा र म बस्यौँ। घरभित्र अरू धेरै मानिस पनि छिरे। एकैछिनपछि घरको अघिल्लो ढोकाबाट एउटा सिसुपाल मानिस छिर्यो र प्वाँप् प्वाँप् के जाति बजायो। यता मुड्कीले ढकढक ढकढक हिर्काउँदै औँलामा पैसा च्यापेको एउटा युवकले पछिल्लो ढोका बन्द गरििदयो। क्षणभरमा घरले कालो धूवाँ फाल्यो र थरथर काँप्न थाल्यो। ओ हो ! त्यसपछि चमत्कार सुरु भयो। हरयिो घर त रुझेको सडकमा सुलुलु चिप्लिन पो थाल्यो। त्यो हरयिो घर साँच्चैको घर होइन रहेछ, मेरो बालमस्तिष्कलाई उहिल्यैदेखि कुतकुताउने बस रहेछ।
पोखरा पुग्दा साँझ परसिकेको थियो। बाले बासको लागि रामबजार जुँगे हल्दारको होटल रोज्नुभो। यो पनि उहाँको पेन्सन लिन आउँदा नियमित बस्ने होटल रहेछ।
िि
भिोलिपल्ट बिहानै बा र म पट्टा बुझाउन क्याम्पभित्र छिर्यौँ। क्याम्पभित्र भूपू लाहुरेको भीड थियो।
पेन्सन क्याम्पमा नै भेटिए, मगर मामा। मेरा हर सिर्जनाका प्रशंसक, मलाई सधैँ माया र प्रेरणा दिने प्यारा मामा। जुन दिनदेखि मगर मामा मेरो घरमा बस्न थाले, मलाई उनी नै मेरा असली मामा लागे। बाका सहयोगी उनी बाको भनसुनले भर्खरै पुलिसमा भर्ती भएको छोरालाई भेट्न केही दिनअघि पोखरा आएका थिए।
मामालाई भेटेपछि बा निकै खुसी हुनुभयो र भन्नुभयो, "खले, लौ यो पैसा राख र भूपेलाई पोखरा घुमाइदेऊ।"
अनि, सानो गाडीमा राखेर मामाले सीधै मलाई पार्दी लिएर गए, जहाँ उनका जेठा छोराको डेरा थियो। अहिले सम्भिmँदा त्यो ट्याक्सी रहेछ। डेराअघि फेवातालको पानी बग्ने ठूलो नहर देखेँ। कैया खेतको माझको कुलोभन्दा पनि धेरै ठूलो, अझ धापेखोलाभन्दा पनि ठूलो। आफू पौडिने धापेखोलामा भन्दा पनि नहरमा बगेको पानी धेरै देखेर म अचम्भित भएँ। अनि, त्यो फेवातालचाहिँ कत्रो होला? मलाई फेवाताल हेरहिाल्ने उत्कण्ठाले सताउन थाल्यो। दुर्भाग्य ! मामाले घुम्न निस्किहाल्ने छाँट देखाएनन््।
"नआत्तिनू है भान्जा, खाएर निस्कम्ला," मामाले भने। मैले कसरी हुन्न भन्नु?
तर, खाएपछि लामो समय मामाका बाउछोराका शृंखलाबद्ध गफ चले। अझ केही समय त मामा घुर्दै सुतिदिए पनि। मलाई मामाको यस्तो ताल देखेर मनमनै रसि उठ्न थाल्यो। बूढाको यस्तो ताल हेर्न थोडी आएको थिएँ र म पोखरा? म त तालैतालको सहर भनेर पढेको पोखराको फेवाताल, रूपाताल र बेगनासताल पो हेर्न आएको। छ्या, दिनभरमिा एउटा ताल हेर्ने मौकासमेत नमिल्ने भो !
घुम्ने रहर मनको डेक्चीमा भातझैँ छड्किरह्यो र त्यसले मलाई पोलिरह्यो। महेन्द्र गुफा, महेन्द्र पुल र सूर्जे दाइले 'खिर पकाउने दूध बग्छ' भनेर मसँग फुर्ती लाएको सेती नदी घुमाउने जिम्मा लिएका मामा दिनभर िमेरो रहरसँग बिलकुल बेखबरजस्ता भइरहे। सायद धेरै ढिला भए पनि 'सुइ साप'ले दिएको जिम्मेवारीको स्मरण भयो मामालाई।
"ढैट्टेरीमा टोक्ने, डिन त चिरप्िपै सकिएछ भान्जा। अब कटा पो घुम्नु? फर्कौं अब पिन्सिङ क्याम," मामाले अत्यन्तै अपि्रय फैसला सुनाए।
अनि, मामाले पसलबाट मगाएर मेरो हातमा एउटा चिसो न चिसो शीताम्य बोतल थमाइदिए। त्यसमा सुन्तला रंगको झोल थियो। रुद्रघन्टी हल्लिने गरी आफूले घटघट त्यो झोल पिउन थाले। मसँग मामाको नक्कल गर्नुको विकल्प थिएन। तसर्थ, म पनि झोल घुट्क्याउन थालेँ।
ओहोे ! फेर िअर्को चमत्कार सुरु भयो। मेरो जिब्रो चकित पर्यो। यति मीठो झोल त जीवनमा कहिल्यै मुखमा परेन। खलखली पसिना बगिरहेको बेला त्यसको चिसोपन र स्वादले मलाई अलौकिक आनन्द दिइरहेथ्यो। सोचेँ- यति मीठो झोल पनि बन्दो रहेछ यस धर्तीमा ! त्यो झोल रहेछ- चिसो चिसो फेन्टा अरेन्ज। अहिले सहरयिाको अभिन्न संस्कृति बनिसकेको चिसो पेयसँगको मेरो पहिलो जम्काभेट त्यही थियो। मलाई लाग्यो, यस्तो स्वादिलो झोल ख्वाएर मामाले आफ्नो दिनभरकिो गल्ती सच्याए। मैले उनलाई माफ गरििदएँ। आखिर मामालाई म पनि त भतुक्कै माया गर्थें।
राती सुत्ने बेला कपाल मुसार्दै बाले मामासँगको पोखरा यात्राबारे सोध्नुभो। मैले सबै कुरा बताएँ। फ्यान्टा खाएको कुरा पनि बताएँ। एक पेगको प्रभावले हो कि मेरो कुराले, बा खुस्स हाँस्नुभो र फुसफुसाउनुभो, "त्यसीमा खले, धोका दिएछ बकुल्लीलाई। मैले जान्या छु नि त्यसलाई !"
अनि, सधैँझैँ सास रोकीरोकी घुर्न थाल्नुअघि बाले भन्नुभो, "चिन्ता नगर केटा, फेर िफेर िआम्ला नि पोखरा। लौ सुतौँ, भोलि त घर फकिर्नुपर्छ !"
कति भाग्यमानी हामी नेपाली
- कालीप्रसाद रिजाल
कति भाग्यमानी
कति सौभाग्यवती
हामी नेपाली !
कति सुखी
कति समृद्धशाली
हामी नेपाली !
लामो लोडसेडिङपछि
एकैछिन झिलिक्क बत्ती आउँदा पनि
सर्वत्र खुसीयाली छाउँछ
पूरै टोलले उत्सव मनाउँछ
धारामा कयौँ दिनपछि
लेदो मिसिएको पानी
तुरुक्क झर्दा पनि
मन आनन्दित हुन्छ
खुसीले रमाउँछ
र, ओतप्रोत हुँदै
जलस्रोतको गीत गुनगुनाउँछ ।
स्कुल गएका छोराछोरी
सकुशल घर फकर्ंदा पनि
हामीलाई ठूलो संकट टरेजस्तो लाग्छ
कोचाकोच बसभित्र
मुस्किलले उभिन पाउँदा पनि
हामीलाई ठूलै उपलब्धि गरेजस्तो लाग्छ ।
हरेकपल्ट ज्यान हत्केलामा लिएर
हामी बाटो तछार्ंै
र, प्रत्येकपल्ट भगवान्लाई
धन्य धन्य भन्दै
पुनःजन्म पाएको अनुभव गर्छौं !
अरू त अरू
दोब्बर तेब्बर तिरेर
ग्यास पाउँदा पनि हामीलाई
बम्पर उपहार परेजस्तो लाग्छ
साहूजीले ठूलै कृपा गरेजस्तो लाग्छ ।
सत्य भन्छु
यो सब सम्झँदा
मेरो छाती फुलेर आउँछ
र चिच्याईचिच्याई भनौँ जस्तो हुन्छ
जिउँदै स्वर्गवासी हुन पाउने
संसारमा देश कुन छ ?
भन हाम्रो जस्तो देश
संसारमा कुन छ ?
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...