'मकैको अर्कै खेती'की कलाकार अर्चना थापालाई ७ प्रश्न
दैनिक जीवनमा श्रीमान् सञ्जीव (उप्रेती)लाई मैले चुरोट नपिऊ भनेर कचकच गरिरहन्छु । तर पनि यताउता लुकेर पिइछाड्छन् । यसमा पनि त्यस्तै सेटिङ छ । त्यो रमाइलो लाग्छ हामी दुवैलाई ।
पेसाले लेखक, अध्येता तथा प्रकाशक हुन्, अर्चना थापा । उनी आक्कलझुक्कल नाटकमा पनि देखिन्छिन् । उनी अभिनीत दोस्रो नाटक मकैको अर्कै खेती अहिले थिएटर भिलेजमा चलिरहेको छ ।
नाटक खेल्नुभएको यो पहिलोपटक हो ?
होइन । यसअघि पनि अभिनय गरिसकेकी छु ।
मकैको अर्कै खेतीमा कस्तो भूमिकामा देखिनुभएको छ ?
म अनपढ र गरिब महिलाको भूमिकामा देखिएकी छु । लेखक श्रीमान्ले पैसा कमाएन, खालि लेखी मात्रै रह् यो भनेर किचकिच गरिरहन्छु नाटकमा । यसबाहेक, प्रकाशकको भूमिका पनि छ ।
नाटकबारे थप केही कुरा !
यो कृष्णलाल अधिकारीले लेखेको नाटक मकैको खेती होइन । यद्यपि, त्यसका थुप्रै ‘मेटाफोर’ यसमा प्रयोग भएका छन् । नाटक सबै अदालतको सेटिङमा छ ।
रमाइलो प्रसंग के छ नाटकको ?
दैनिक जीवनमा श्रीमान् सञ्जीव (उप्रेती)लाई मैले चुरोट नपिऊ भनेर कचकच गरिरहन्छु । तर पनि यताउता लुकेर पिइछाड्छन् । यसमा पनि त्यस्तै सेटिङ छ । त्यो रमाइलो लाग्छ हामी दुवैलाई ।
नाटक खेल्दाको अप्ठ्यारो के हो ?
मेरो वास्तविक जीवन र यस नाटककी म बिलकुल फरक छौँ । यसमा म अनपढ र कचकचे श्रीमती भएकी छु । गरिब र पीडित महिलाको भाव अनुहारमा ल्याउन साह्रै गाह्रो भो !
नाटकमा तपाईंको दोहोरो चरित्र छ त्यसो भए ?
हो । म एउटी प्रकाशक भएर यसमा लेखकलाई गाली पनि गरेकी छु । एउटा लेखककै कारण देशमा नाकाबन्दी लागेको, आन्दोलन भएको, देशमा समस् या लेखककै कारण भएको आरोप लगाउँछु ।
लेखनीका काम के गर्दै हुनुहुन्छ ?
नेपाली भाषामा कथाको काम गरिरहेकी छु । तर, अनेक कारणले काम अघि बढ्न सकिरहेको छैन ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...