‘मेरै देशलाई केही योगदान दिनु छ’
मैले पुरस्कारका लागि काम गरेको होइन । आफ्नै सन्तुष्टिका लागि हो । मेरै देशले मलाई केही दिनुपर्छ जस्तो पनि लाग्दैन । मैले मेरै देशलाई केही दिनु छ ।
चिकित्सक विनोदकुमार साह, ३८, टर्कीस्थित अस्पतालमा सिनियर कन्सल्ट्यान्टका रुपमा कार्यरत छन् । सिरहा, गोलबजारका साहलाई भर्खरै टर्की सरकारले ‘२०१५ का उत्कृष्ट चिकित्सक’को रुपमा सम्मान गर्यो ।
टर्की कहिले जानुभएको थियो ?
शिक्षा मन्त्रालयबाट एमबीबीएस पढ्न छात्रवृत्ति पाएको थिएँ । त्यही सिलसिलामा सन् २००० मा टर्की आएँ ।
कहाँ कार्यरत हुनुहुन्छ ?
टर्कीको हेकिम अस्पतालमा डक्टर अफ पेडियाट्रिक्स एन्ड नियोनाटल इन्टेन्सिभ केयर युनिटमा सिनियर कन्सलट्यान्टका रूपमा काम गर्दैछु ।
तपाईंले भर्खरै पाएको पुरस्कार कस्तो हो ?
सन् २०१४ मा पनि मैले टर्कीको एउटा स्टेटमा काम गर्दा ‘बेस्ट डक्टर अफ स्टेट’का रूपमा सम्मान पाएको थिएँ । भर्खरै पनि टर्की सरकारले सन् २०१५ का लागि ‘बेस्ट डक्टर अफ इयर’का रूपमा सम्मानित गरेको छ ।
पुरस्कार पाएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
मेरा परिवारका सदस्य साह्रै खुसी भए । गोलबजारका गाउँलेहरू पनि यो सफलतामा खुसी र दंग छन् ।
नेपाल नफर्किने त ?
मलाई टर्की सरकारले एमडी पढ्न छात्रवृत्ति दिएको हो । त्यसै कारण पनि यहाँका मानिसको सेवा गर्नु कर्तव्य ठान्छु ।
उतै बस्ने ?
होइन । म नेपाल आएर त्यहाँका बालबच्चाको उपचारमा रमाउन चाहन्छु । त्यता आउने प्रक्रियामा छु । तीन महिनाभित्र आइसक्छु ।
प्रतिष्ठित पुरस्कार जित्नुभएको छ । नेपाल सरकारबाट के अपेक्षा छ ?
मैले पुरस्कारका लागि काम गरेको होइन । आफ्नै सन्तुष्टिका लागि हो । मेरै देशले मलाई केही दिनुपर्छ जस्तो पनि लाग्दैन । मैले मेरै देशलाई केही दिनु छ ।
—सिपी अर्याल
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...