अन्तर्वार्ता

सौरभलाई १४ यात्रा प्रश्न

लेखक/स्तम्भकार सौरभ, ५५, को एउटा गोडा घरबाहिरै हुन्छ । कहिले सिन्धुली हुन्छन् त कहिले त्रिशूली । कुन सनकमा कति बेला कता हिँडिहाल्छन् । त्यसैले फेरुवा लुगा, पन्जा, गगल्स, बायनाकुलर, औषधि राखिएको झोला हरदम तयार हुन्छ । जान लागेको ठाउँ घरमा कहिल्यै बताउँदैनन्, बरु गएको ठाउँ छाडेर आएपछि खबर दिन्छन् । फर्केपछि यात्राको विवरण कसैले सोध्दैन पनि ।

सौरभलाई १४ यात्रा प्रश्न
१७ श्रावण २०७३ सोमबार
काठमाडौं