कलेजो प्रत्यारोपणबारे डा सुधांशु केसीलाई ७ प्रश्न
"कलेजो लिने–दिने दुवैमा एकदेखि डेढ वर्षमा कलेजो पलाएर पुरानै स्वरूपमा आउँछ ।"
नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । प्रत्यारोपणका लागि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा डेभिड कोनको नेतृत्वमा १४ दक्षिण कोरियाली चिकित्सकहरु आएका थिए, जसले यसअघि भियतनाम, मंगोलिया र इजिप्टमा समेत यो सेवा सुरु गर्न सघाएका थिए । यो सफलतासँग जोडिएका विविध आयामबारे प्रत्यारोपण दलका एक सदस्यसमेत रहेका कलेजो रोग विशेषज्ञ प्राडा सुधांशु केसीसँग गरिएको कुराकानी :
कलेजो प्रत्यारोपण कस्तो प्रक्रिया हो ?
जब मानिसमा जन्डिसका कारण तीव्र रूपमा कलेजोले कम काम गर्दै जान्छ वा लिभर थ्रोबोसिस रोगका कारण दीर्घ रूपमा जन्डिस हुन्छ, बान्ता आइरहन्छ । यस्तो अवस्थामा कलेजो फेल हुन सक्छ, जसबाट बच्न प्रत्यारोपण गर्नुपर्छ ।
कलेजो लिने–दिने प्रक्रिया कस्तो हुन्छ ?
सामान्यत: स्वस्थ मानिसले ४० देखि ६० प्रतिशत कलेजो दान गर्न सक्छन् । दिने व्यक्तिलाई ठूलो समस्या किन पनि हुँदैन भने लिने–दिने दुवैमा एकदेखि डेढ वर्षमा कलेजो पलाएर पुरानै स्वरूपमा आउँछ । यसैले कलेजो दान सहज छ ।
नेपालमा कलेजो फेल हुने समस्या कस्तो छ ?
नेपालमा धेरैजसो दीर्घ रूपमा कलेजो समस्या हुनेहरू छन् । म स्वयंले भेट्ने कलेजोको समस्या झेलिरहेका बिरामीमध्ये बर्सेनि कम्तीमा एक सयको प्रत्यारोपण गर्नुपर्ने अवस्था पाउँछु । देशभर एक हजारभन्दा बढीको त्यस्तो समस्या हुन सक्छ ।
कलेजो असफल हुने समस्या कसरी आइपुग्छ ?
अत्यधिक मद्यपान, भाइरल हेपाटाइटिस बी र सीको असर एवं लामो समयसम्म कलेजोमा बोसो जम्नु नै कलेजो असफल हुने कारण हुन् । स्वस्थ जीवनशैली, लागू औषधबाट पर रहनु र हेपाटाइटिस बीको खोप लगाउनु नै यो समस्या आफूमा छिर्नै नदिने तरिका हो ।
कोरियाली टोली नेपालमा आएर प्रत्यारोपण गर्नुको खास अर्थ के हो ?
नेपाल सरकारले हालै मात्र मानव अंग प्रत्यारोपण नियमावली– २०७३ ल्याएको हो, यो सफलताको ठूलो अर्थ उक्त कानुनको व्यावहारिक कार्यान्वयन भयो भन्ने हो । यद्यपि, यसको व्यापकताका लागि गर्नुपर्ने काम थुप्रै छन् ।
अब प्रत्यारोपण गर्न सक्ने नेपाली जनशक्ति छ कि छैन ?
जनशक्ति छ तर उनीहरू नजुटीकन काम गर्न सक्दैनन् । नेपाली जनशक्तिबाट सेवा विस्तारका लागि छरिएर रहेका जनशक्तिलाई जुट्ने माहोल बनाउने र जुटाइदिने व्यक्ति/संयन्त्र चाहिएको छ ।
नेपालमा व्यावसायिक सेवा सुरु गर्दा आर्थिक भारमा पनि कमी आउँछ कि ?
अहिले भारतमा कलेजो प्रत्यारोपणको २३ लाख भारतीय रुपियाँ पर्न आउँछ । नेपालमा भयो भने २३ लाख नेपाली वा त्यसभन्दा कममै हुन सक्छ । यद्यपि, त्यो यति नै भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...