बाराभको आविष्कार
‘न्याय नपाए गोरखा जानू’ भन्ने उखानका आविष्कारक जिल्लामै जन्मिएकाले होला, डाक्टर बाराभ (बाबुराम भट्टराई) होनहार सर्जक भएर निस्किए । दुई दशकअघि क्रान्तिको मसालका एक आविष्कारक यिनै थिए ।

‘न्याय नपाए गोरखा जानू’ भन्ने उखानका आविष्कारक जिल्लामै जन्मिएकाले होला, डाक्टर बाराभ (बाबुराम भट्टराई) होनहार सर्जक भएर निस्किए । दुई दशकअघि क्रान्तिको मसालका एक आविष्कारक यिनै थिए । भलै, कालान्तरमा समाज बदल्ने भनिएको आविष्कार हिंसात्मक अन्धकारमा बदलियो । आफ्नो आविष्कारले हावा खाँदैमा गलिहाल्ने यिनको रगतमै छैन । त्यसपछि समाज बदल्ने अर्को उपाय जन्माए, नयाँ शक्ति ।
नयाँ शक्ति नामक नूतन आविष्कारले पुरानो मालजत्तिको पनि काम गरेन । चमत्कारहीन साबित भए पनि उनी डगमगाएनन् । त्यसैले त उनले भर्खरै अर्को आविष्कार गरेका छन्, ‘वैचारिक उज्यालो हराए लुम्बिनी जानू ।’ बुद्धको जन्मथलोबाट दीक्षित यति शक्तिशाली र दार्शनिक आविष्कार प्रभावी बन्नेमा डाक्टर साब ढुक्क छन् । नयाँ आविष्कारले अरु केही नगरे पनि उखाने प्रधानमन्त्री केपी ओलीको मूल पहिचानलाई भने संकटमा पार्लाजस्तो छ । किनभने, डाक्टर साबका हर आविष्कार उखान नबन्ने त कुरै छैन ।