लुकुवा बाजे

लुकुवा बाजेका लेखहरु
आयो टप्प टिप्यो...

कवि पीएम केपी ओलीले चन्द्रागिरि चढेर धारा प्रवाह दसहरफे कविता फुर्‍याएपछि सहरका मै हुँ भन्ने कविहरु पनि जिल्ल छन् ।

जनताको मार्सीवाद !

चार महिनामा वाम सरकारले के नाप्यो ? सरकारलाई फुटेको आँखाले हेर्न नसक्नेले यस्ता बेतुकका प्रश्न सोझ्याउँछन् । तर, उनीहरुलाई के थाहा ! ओली सरकारले गोटापाँचे महिनामै ‘मार्सीवाद’ निर्माण गरेर आफ्नो अब्बलता दर्ज गराइसक्यो ।

कृषिमन्त्रीको ‘हरि पारा’

बाउसे बनेर खेत पसेका कुनै बेलाका कृषिमन्त्री हरि पराजुली रोपाहारलाई हिलो छ्यापेको फोटा भाइरल भए । कृषिमन्त्री भएकै बखत हरिबोल गजुरेलले गमलामा रोपाइँ उत्सव मनाएर जगत्लाई मनोरञ्जन दिन कन्जुस्याइँ गरेका थिएनन् ।

भाग्यवादी कमरेडहरु

भाग्य ठूलो कि कर्म ? भाग्यलाई तुच्छ मानेर कम्युनिस्टहरुले कर्मको पक्षमा जति पनि बहस छेड्न सक्छन् । अझ नेपाली कम्युनिस्टले त जुगै बिताइदिन्छन् । तर, मुखले छि:छि दूरदूर गर्ने यही अस्वीकृत शब्द यी नास्तिकलाई खुब फापेको रैछ ।

सिंहदरबारमा सुनकाण्ड

यत्रतत्र सर्वत्र सुनकाण्ड मच्चिरहेको छ । यस्तैमा थपिएको छ, १७ तोलाको सुनकाण्ड । विवाह मण्डपमा सञ्चारमन्त्रीकी पत्नीले पाएको दाइजो गहनाको काण्ड भने पनि हुन्छ यसलाई ।

सुन साहुको खोजी

नाम गोरे, काम पहेंले । अर्थात्, सुन तस्करी । नाम र काम भिन्न भएका यी व्यक्तिले तस्करी गरेको सुन धुइँपताल खोज्दासमेत नभेटाएपछि अनुसन्धान समिति हत्तु भइसक्यो ।

सुपर ओलिनन्दन

‘सुपर जिल्ला’ झापा गृहनगर भएका पीएम केपी ओली जे गर्छन्, ‘सुपर’ नै गर्छन् । उखानका त उनी सदावहार पावरहाउस भइहाले ।

‘किक कोर्स’ चाहियो

मोरङ जिल्ला अदालत जाँदै गर्दा एक एसएसपीले फोटो–पत्रकारलाई लात्ती बजारे । तर, क्यामेरा फुटेन । अर्थात्, एसएसपी सापको निशाना चुक्यो ।

न्याय नपाए कोटि होम लगाउनू

यहाँ मानिसहरु वर्षौंदेखि न्याय नपाएर भौँतारिरहेका छन् । अड्डा– अदालत धाउँदाधाउँदा कति पुस्ता बितिसके । तर, मुद्दा ज्यूूँका त्यूँ छन् । समयमै फैसला नहुने, भएका फैसलामा पनि चित्त नबुझाउने । बरु, उल्टै विभिन्न लाञ्छना लगाउने ।

थप मूर्ति

सम्झाउनै परेन, नेपाल मन्दिरै–मन्दिरको मुलुक हो । यिनै मूर्ति हेर्न देश–विदेशका मानिसको ओइरो लाग्छ । नेपालमा केही मूर्ति भने कहिलेकाहीँ फकिर शैलीमा घुम्न हिँडिदिन्छन् । दुनियाँले जेसुकै भनोस्, बाल छैन ।

स्वप्निल प्रचण्ड

युद्धकालीन हतियार जम्मै सरकारलाई दिएर रामराज्य बनाउने धोको नभएको कहाँ हो र प्रचण्डलाई ? तर, बैगुनी खोलाले बगायो हतियार । त्यसपछि शान्तिपूर्ण राजनीतिमा होमिएका उनका धेरै भए मतियार ।

बर्खास्तीको बाटो

कांग्रेसले आफ्ना विजेता सांसदलाई वाक्पटुताको धनी बनाउने योजना ल्याएछ । कसरी बोल्ने, कस्तो व्यवहार गर्ने यी जम्मै कुरा सिकाउने भएछ ।

घुम्ने मेचमाथि दूरदर्शी मान्छे

हाम्री महामहिम राष्ट्रपतिको देव–देवालय भ्रमण, पूजा–अर्चनाबारे मानिसहरुले बाह्र– सत्ताइसका कुरा काटे । धर्मनिरपेक्ष मुलुककी प्रमुखले यस्तो कार्य गर्नु राजपरम्पराको कुबाटो भनेर उनलाई खसाले ।

रामराज्य पक्का

कोही नछुटून् । लोकतन्त्रको यस मूलमन्त्रलाई प्रदेशसभा र संघीय सभाको चुनावले मज्जाले शिरोधार्य गर्‍यो । अपराधी, भ्रष्टाचारी, दलाल, ठेकेदार जम्मैको प्रतिनिधित्व छ, दुवै संसद्मा । जगजाहेर छ, यस्ता समुदायको समुचित प्रभाव भएको ठाउँमा सुरक्षाको खतरालाई नजरअन्दाज गर्न मरिकाटे मिल्दैन ।

बाराभको आविष्कार

‘न्याय नपाए गोरखा जानू’ भन्ने उखानका आविष्कारक जिल्लामै जन्मिएकाले होला, डाक्टर बाराभ (बाबुराम भट्टराई) होनहार सर्जक भएर निस्किए । दुई दशकअघि क्रान्तिको मसालका एक आविष्कारक यिनै थिए ।

LOAD MORE