परिहास
१ जेष्ठ २०७५ मंगलबार
काठमाडौं
‘किक कोर्स’ चाहियो
मोरङ जिल्ला अदालत जाँदै गर्दा एक एसएसपीले फोटो–पत्रकारलाई लात्ती बजारे । तर, क्यामेरा फुटेन । अर्थात्, एसएसपी सापको निशाना चुक्यो ।

मोरङ जिल्ला अदालत जाँदै गर्दा एक एसएसपीले फोटो–पत्रकारलाई लात्ती बजारे । तर, क्यामेरा फुटेन । अर्थात्, एसएसपी सापको निशाना चुक्यो । ए बाबा, किन चुक्यो निशाना ? स्रोत–साधनको अभावका कारण प्रहरीले यथेष्ट तालिम गर्न नपाउने गनगन धेरै आउँथ्यो । त्यसैको प्रमाण छरपस्ट भएको हो कि ? यदि यो कारण होइन भने योचाहिँ यकिन हो कि प्रहरीको तालिममा किक हान्ने तरिका राखिएको छैन । अब नवनियुक्त आईजीसापले तालिममा यसलाई समेट्नु जरुरी भइसक्यो । जेल गइरहेका बेला आत्मरक्षाका लागि उपाय नसिकाएर अपराध अनुसन्धान, शान्ति–सुरक्षा चुक्दैन त ? सफल कार्यकालका लागि किक डिजाइन गर्न रत्ति ढिलाइ गर्नुभएन । आगे यहाँको विचार !