सुपर ओलिनन्दन
‘सुपर जिल्ला’ झापा गृहनगर भएका पीएम केपी ओली जे गर्छन्, ‘सुपर’ नै गर्छन् । उखानका त उनी सदावहार पावरहाउस भइहाले ।

‘सुपर जिल्ला’ झापा गृहनगर भएका पीएम केपी ओली जे गर्छन्, ‘सुपर’ नै गर्छन् । उखानका त उनी सदावहार पावरहाउस भइहाले । भारतीय नाकाबन्दीका बेला चीनसँग लहसिएर सुपर राष्ट्रवादी काम गरेको घामजत्तिकै छर्लंग छ । मोदीको नेपाल भ्रमणको पावन अवसरमा ओलीले आफ्नो सुपर छवि छिपाउनु पापसरह हुन्थ्यो । त्यसैले ओली सरकारले नरेन्द्र मोदी जहाँ जान्छन्, त्यहीँ नागरिक अभिनन्दन गरेर पुण्य कमायो । गाउँ–देहातबाट अभिनन्दनमा सरिक हुन फर्मान जारी गर्यो । हुकुमी शैलीमा रैतीलाई आदेश दिएका भरमा गरिएको यो अभिनन्दन कस्तो हो ? निश्चिन्त, ‘सुपर ओलिनन्दन’ । मोदीलाई चढाइएको ‘ओलिनन्दन’पछि आर्जित बलकै कारण ओलीले भनिसके– भतिजले ‘फु’ गर्दैमा सरकार ढल्दैन । सरकार नढले पनि स्वाभिमान ढलिसकेको चर्चा सुपर राष्ट्रवादी सरकारले चाल पाए त मरिजाउँm ।