परिहास
१५ जेष्ठ २०७५ मंगलबार
काठमाडौं
सुन साहुको खोजी
नाम गोरे, काम पहेंले । अर्थात्, सुन तस्करी । नाम र काम भिन्न भएका यी व्यक्तिले तस्करी गरेको सुन धुइँपताल खोज्दासमेत नभेटाएपछि अनुसन्धान समिति हत्तु भइसक्यो ।

नाम गोरे, काम पहेंले । अर्थात्, सुन तस्करी । नाम र काम भिन्न भएका यी व्यक्तिले तस्करी गरेको सुन धुइँपताल खोज्दासमेत नभेटाएपछि अनुसन्धान समिति हत्तु भइसक्यो । प्रहरीले लाइदिएको कालो मास्क अनुहारबाट आफैँ हटाएका गोरेले सुन कहाँ छ भनेर मुख खोलेका छैनन् । बरु, मन्त्रीहरुले सुनका पोका खोले । गोटादुएक तोला हो र ? तोलाका तोला । सुनधारी मन्त्री हेर्दा लाग्छ, कतै गोरेले ल्याएको ३८ क्विन्टल सुन यता त परेन ? राजनीतिक ओतबिना गोरेको मात्रै यत्रो आँट होइन भन्ने त छर्लंगै छ । आगे छर्लंग पार्ने
जिम्मा समितिकै ।