थप मूर्ति
सम्झाउनै परेन, नेपाल मन्दिरै–मन्दिरको मुलुक हो । यिनै मूर्ति हेर्न देश–विदेशका मानिसको ओइरो लाग्छ । नेपालमा केही मूर्ति भने कहिलेकाहीँ फकिर शैलीमा घुम्न हिँडिदिन्छन् । दुनियाँले जेसुकै भनोस्, बाल छैन ।
सम्झाउनै परेन, नेपाल मन्दिरै–मन्दिरको मुलुक हो । यिनै मूर्ति हेर्न देश–विदेशका मानिसको ओइरो लाग्छ । नेपालमा केही मूर्ति भने कहिलेकाहीँ फकिर शैलीमा घुम्न हिँडिदिन्छन् । दुनियाँले जेसुकै भनोस्, बाल छैन । यस्तो निष्फिक्री मूर्ति हो, न्यायमूर्ति । यो मूर्तिलाई साढे सातको शनि दशा लाग्यो भने आफैँप्रति विश्वास हुँदैन । र, प्रभुको शरणमा पुग्छ । त्यही भएर न्यायमूर्ति दीपकराज जोशीको गोडा प्रतापी प्रभु प्रचण्डको पाउचरणमा परे । भक्त न्यायमूर्तिको मनोकांक्षा पूरा भयो भने भोलि ‘प्रचण्ड प्रभु’को मूर्ति मुलुकमा थपिनेछ, जो विश्वका लागि अर्को दर्शनीय वस्तु हुनेछ । माने, अब पर्यटक फेरि मारामार !
26.93°C












