कृषिमन्त्रीको ‘हरि पारा’
बाउसे बनेर खेत पसेका कुनै बेलाका कृषिमन्त्री हरि पराजुली रोपाहारलाई हिलो छ्यापेको फोटा भाइरल भए । कृषिमन्त्री भएकै बखत हरिबोल गजुरेलले गमलामा रोपाइँ उत्सव मनाएर जगत्लाई मनोरञ्जन दिन कन्जुस्याइँ गरेका थिएनन् ।

बाउसे बनेर खेत पसेका कुनै बेलाका कृषिमन्त्री हरि पराजुली रोपाहारलाई हिलो छ्यापेको फोटा भाइरल भए । कृषिमन्त्री भएकै बखत हरिबोल गजुरेलले गमलामा रोपाइँ उत्सव मनाएर जगत्लाई मनोरञ्जन दिन कन्जुस्याइँ गरेका थिएनन् । अब त यस्तो हाँसोबाट सुबिस्ता पाइएला भनेको । यसपालिका कृषिमन्त्री चक्रपाणि खनाल झन् के कम ? आइडिया निकालेछन्– उहिले राजा शुद्धोधनले सुनको हलोले जोतेको ठाउँ तिलौराकोटमा रोपाइँ गर्ने । सुन नफले पनि सुनौलो धान फलिहाल्छ । कृषिमन्त्रीहरुको ट्रयाक रेकर्ड नै यस्तै छ गर्ने के ? लुकुवा बाजेलाई शंका छ– यी कृषिमन्त्रीको जन्मकुण्डलीमा पनि हरि नाम कुँदिएकै हुनुपर्छ । नत्र १५ असार आउनासाथ कृषिमा यस्तो हरि–हरि पारा किन ?