जनताको मार्सीवाद !
चार महिनामा वाम सरकारले के नाप्यो ? सरकारलाई फुटेको आँखाले हेर्न नसक्नेले यस्ता बेतुकका प्रश्न सोझ्याउँछन् । तर, उनीहरुलाई के थाहा ! ओली सरकारले गोटापाँचे महिनामै ‘मार्सीवाद’ निर्माण गरेर आफ्नो अब्बलता दर्ज गराइसक्यो ।
चार महिनामा वाम सरकारले के नाप्यो ? सरकारलाई फुटेको आँखाले हेर्न नसक्नेले यस्ता बेतुकका प्रश्न सोझ्याउँछन् । तर, उनीहरुलाई के थाहा ! ओली सरकारले गोटापाँचे महिनामै ‘मार्सीवाद’ निर्माण गरेर आफ्नो अब्बलता दर्ज गराइसक्यो । कुरा प्रस्ट छ, यसले लुते, दीनदु:खीलाई भन्दा गाँठवालाको हित हेर्छ । पैसावालाले डाक्टरी पढेर देशको सेवा गरोस्, यो वादको पवित्र उद्देश्य यही हो । फेरि मार्सीवादको नाभीले नै त हो, यसअघि वर्गीय दुश्मनको कित्तामा रहेका दुई पार्टी एमाले र माकेलाई जोडेको ।
जबज, माक्र्सवादमध्ये कुनलाई पार्टीको सिद्धान्त बनाउने भन्दाभन्दै ‘मार्सीवाद’ जन्मियो । यसमा विदेशी गन्ध कति छैन । नेकपाले अब यही रैथाने वादलाई पार्टीको निर्देशक सिद्धान्त मानेर जनताको बृहत्तर हित खोज्न ढिलाइ गर्नुहुँदैन । नाथे एउटा डाक्टर अनसन बसेर के नै बिग्रिन्छ र ! यहाँ सवाल जनताको छ ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...