सिंहदरबारमा सुनकाण्ड
यत्रतत्र सर्वत्र सुनकाण्ड मच्चिरहेको छ । यस्तैमा थपिएको छ, १७ तोलाको सुनकाण्ड । विवाह मण्डपमा सञ्चारमन्त्रीकी पत्नीले पाएको दाइजो गहनाको काण्ड भने पनि हुन्छ यसलाई ।

यत्रतत्र सर्वत्र सुनकाण्ड मच्चिरहेको छ । यस्तैमा थपिएको छ, १७ तोलाको सुनकाण्ड । विवाह मण्डपमा सञ्चारमन्त्रीकी पत्नीले पाएको दाइजो गहनाको काण्ड भने पनि हुन्छ यसलाई । तिलहरी, औंठी, सिक्री आदि गरगहना कम्युनिस्ट मन्त्रीले दाइजो सम्पत्तिको रुपमा जोडेका रहेछन् । त्यसको प्रचारप्रसार सरकारी टेलिभिजन हुादै सामाजिक सञ्जालमा भाइरल भो । अनि त के थियो ? मन्त्रीजीले हुकुमी शैलीमा टिभी कार्यक्रम नै बन्द गरिदिए । सुनकाण्डका अन्यान्य आरोपी कोही भूमिगत, कोही जेलमा छन् । धन्न, सिंहदरबारको सुनकाण्डमा मन्त्रीजीको जागिर भने सुरक्षित छ । प्रधानमन्त्रीको निजी निवास रुंग्न पाउने भाग्यमानी मन्त्री न परे ।