परिहास
८ चैत्र २०७४ बिहीबार
काठमाडौं
बर्खास्तीको बाटो
कांग्रेसले आफ्ना विजेता सांसदलाई वाक्पटुताको धनी बनाउने योजना ल्याएछ । कसरी बोल्ने, कस्तो व्यवहार गर्ने यी जम्मै कुरा सिकाउने भएछ ।

कांग्रेसले आफ्ना विजेता सांसदलाई वाक्पटुताको धनी बनाउने योजना ल्याएछ । कसरी बोल्ने, कस्तो व्यवहार गर्ने यी जम्मै कुरा सिकाउने भएछ । साह्रै राम्रो । तर, एउटा कुरा छुटेकाले प्रशिक्षण अलिनो भयो । उक्त प्रशिक्षणमा थपिनुपथ्र्यो, कांग्रेसलाई यो दुर्गतिमा पुर्याउने बदनाम नेतृत्वलाई कसरी बर्खास्ती गर्ने ? कांग्रेसभित्रबाट यस्तो प्रशिक्षक नपाइए ‘हायर’समेत गर्न सकिन्छ । आखिर न्यायपरिषद् सचिवले आफूभन्दा निकै उपल्लो तहका प्रधानन्यायाधीशलाई हटाउने जुक्ति निकालेको नजिर छँदैछ । यस्तै बुद्धि लडाउने व्यक्तिलाई प्रशिक्षक तोकेर कांग्रेसले अबको चुनावी रणनीति बनाउनु बेस होला । कि कसो शेरबहादुर दाइ ?